close

राष्ट्रियसभाको उपनिर्वाचनमा देवकोटा र थापा मैदानमा

हाम्रो होइन राम्रो छानौँ

राष्ट्रियसभाको उपनिर्वाचनमा देवकोटा र थापा मैदानमा

हाम्रो होइन राम्रो छानौँ

ADVERTISEMENT

काठमाडाैं- जेठ ६ गते बागमती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक पदका लागि उपनिर्वाचन हुँदैछ । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल एमाले प्रवेश गरेसँगै माओवादीले पदमुक्त गरेपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा एमालेले गृहमन्त्री समेत रहेका थापालाई नै उम्मेद्वार बनाएको छ भने माओवादीले खिमलाल देवकोटालाई अघि सारेको छ ।

 

स्थानीय तह र शासकीय स्वरुपलाई नजिकबाट नियालेका देवकोटा गठबन्धनका उम्मेद्वार हुन् । उनलाई माओवादी, कांग्रेस र एमाले कै असन्तुष्ट समूहले उम्मेद्वार बनाएको हो । स्थानीय तह र प्रदेश सांसदले मत दिने उक्त उपनिर्वाचन कसले जित्छ भन्ने कौतुहल सुरु भएको छ । उता, स्थानीय सरकार पनि राजनीतिक आधारमा मत दिने वा स्थानीय तह बुझेका पात्रलाई मत दिने भन्ने असमनजसमा परेका छन् । 


नेकपा भित्रको चरम विवाद र अदालतको निर्णयपछि नेकपा माओवादी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा र माओवादीकै नेता खिमलाल देवकोटाबीच जेठ ६ गते राष्ट्रिय सभाको उपनिर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । वैशाख २४ गते उम्मेद्वारी मनोनयन गरेका दुवै जीत सुनिश्चित रहेको बताउँदै आएका छन् । तर, दुवैलाई जीत सहज छैन । 

 

एमालेबाट उम्मेद्वार बनेका गृहमन्त्री थापालाई पार्टीभित्रैबाट मत नपाउने सम्भावना पनि उत्तिकै छ । किनकि एमालेभित्रको अर्को पक्ष माधव नेपाल समूहले विपक्षी गठबन्धन गरेर अलग उम्मेद्वार खडा गरेको थियो । र, ति पात्र हुन् देवकोटा । अहिले पार्टीभित्रको विवाद मिलाउने तयारी स्वरुप छलफल अघि बढेको छ ।यदि छलफल सकरात्मक बन्दै गए भने मात्रै थापाको जीत सुनिश्ति छ । तर, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले राजनीतिक रूपमा मत देलान् वा व्यक्तिको कामलाई मुल्यांकन गर्लान् भन्ने प्रश्न पनि पेचिलो बनेको छ । अन्य कुरा गर्नुपूर्व दुई उम्मेद्वारको थोरै कुरा गरौँ । 

 

को हुन् रामबहादुर थापा ?

 

–१० वर्षे जनयुद्धको नेतृत्व गर्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डका सहकर्मी हुन् ।


–२०६४ सालको पहिलो संविधान सभामा चितवन-२ बाट निर्वाचित भएर रक्षामन्त्री बने ।


–२०७४ सालको माघमा ३ हजार ३ सय ९६ मतका साथ राष्ट्रियसभा सदस्यमा विजयी भए  ।


–२०७४ सालको फागुनमा केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री बने ।


–एमाले र माओवादी बनेर नेकपा बन्दा सचिवालय सदस्य बने ।


–सर्वोच्चले दुवै पार्टी ब्युँताउँदा एमालेमै रहे ।


–एमाले गएपछि माओवादीबाट निस्कासनमा परे ।


–रााष्ट्रियसभाबाट पदमुक्त भए ।

 

को हुन् खिमलाल देवकोटा ?

 

०३८मा चौथो महाधिबेशनको पार्टी सदस्यता लिएर वाम राजनीतिमा लागे ।


२०६३ को संविधान मस्यौदा समितिका सदस्य हुन् ।


कानुनमा स्नातक देवकोटाले केही वर्ष सरकारी जागिरे थिए ।


स्थानीय तहसँग राम्रो सम्पर्क र अध्ययन देवकोटासँग छ ।


वित्तीय क्षेत्रमा, योजना निर्माणमा कलम चलाउने पात्र हुन् ।


 

यि दुई पात्र मध्ये राजनीतिक रूपमा गृहमन्त्री थापा माथि छन् । तर, स्थानीय सरकारसँग जोडिएर आउने हरेक समस्या र सवालको हकमा देवकोटाको कद थापाको भन्दा कयाैं गुणा उचो छ । त्यसैले त उनले ओली-नेपाल एक हुँदा पनि उम्मेद्वारी फिर्ता गरेनन् । 


प्रदेश र स्थानीय तहमा पीडा गुम्सिएका छन् । त्यही पीडालाई बेलाबेला सही गनत्वय देखाउन, सहज दिशा निर्माण गर्न देवकोटाले धेरै लेखमा कलम चलाएका छन् । संविधानले तलसम्म अधिकार दिएको भएपछि कानून नबनाएर स्थानीय सरकारलाई खुम्च्याउने काम भएकोप्रति देवकोटाका लेख पाठ छन् । 

 

स्थानीय तहले भोग्दै आएको लामो समयदेखिको समस्या र समाधानका उपाय दिनसक्ने देवकोटा राष्ट्रियसभामा उपस्थित हुनुपर्छ भन्ने माग उत्तिकै छ । स्थानीय सरकारका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले नै मत दिने हुँदा उनी हाम्रोलाई भन्दा पनि राम्रोलाई छान्नुपर्ने बताउँछन् ।

 

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन् । त्यस हिसाबले वागमतीमा एमालेको एकल बहुमत रहे पनि माधव पक्षले विपक्षी पार्टीसँग गठबन्धन गरेर अलग उम्मेदवार खडा गरेपछि अब एमालेको संस्थापन पक्षमा उभिने जनप्रतिनिधिको टाउको गन्नु पर्ने अवस्था आएको छ । तर, उनी आफूलाई राजनीतिक उम्मेद्वारको रूपमा नहेर्न बताउँदै आएका छन् । 


 

उपनिर्वाचनको अंकगणित 
राजनीतिक दल   प्रदेश सभाको मतभार   स्थानीय तहको मतभार   कुल मतभार    
नेकपा एमाले  २,७३६ २,३९४    ५,१३०
नेपाली कांग्रेस    १,०५६    १२२४  २२८०
नेकपा माओवादी   ११०४   ५९४  १६९८
विवकेशील साझा   १४४  ०   १४४
नेमकिपा   ९६ ३६ १३२
राप्रपा   ९६  ३६ १३२
जसपा     ४८  १८ ६६


शतप्रतिशत मत खसेको र राजनीतिक दलभित्र ‘फ्लोर क्रस’ नभएको अवस्थामा नेकपा एमालेको एकल बहुमत छ । तर, स्थानीय सरकारको दुःख, समस्या देखिरहेका जनप्रतिनिधिले जीत दिलाउन मात्रै सहयोग गर्ने वा आगामी दिनका लागि पनि स्थानीय सरकारलाई सबल बनाउने पात्रको छनोट गर्ने भन्ने प्रश्न प्रधान बनेको छ । 


हुन पनि ‘जति पिटेपनि आमै प्यारो, जति पोलेपनि घामै प्यारो’ भनेझैँ चुनावमा नागरिकले त आफूलाई मनपर्ने दललाई नै भोट दिन्छन् भने यहाँ त भोट माग्ने र दिने दुवै राजनीतिक दलका पात्र हुन् । तर, पनि स्थानीय सरकारले भागिरहेको पीडा बुझ्ने पात्र छनोट गर्नुपर्छ भन्ने कुरा पनि जनप्रतिनिधिमा रहेकाले देवकोटाको सम्भावनालाई नकार्न सकिँदैन । तर, एकपटक जनप्रतिनिधिले सोच्ने बेला आएको छ कि राम्रोलाई छान्ने कि हाम्रोलाई ।