close

माओवादी केन्द्र ताप्लेजुङले तोक्यो ९ वटै पालिका र प्रदेश क्षेत्रको जिम्मेवारी

माओवादी केन्द्र ताप्लेजुङले तोक्यो ९ वटै पालिका र प्रदेश क्षेत्रको जिम्मेवारी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– नेकपा माओवादी केन्द्र ताप्लेजुङले ९ वटै पालिका तथा २ प्रदेश निर्वाचन क्षेत्रका ४ मुख्य कार्यकारी पदाधिकारीमा जिम्मेवारी तोकेको छ । २ वटा प्रदेश निर्वाचन क्षेत्रमा इञ्चार्ज र ३ वटा पालिकामा सह–इञ्चार्ज भने तोकिएको छैन । माओवादी केन्द्र ताप्लेजुङका इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्रीका अनुसार प्रदेश निर्वाचन क्षेत्र १ (क) मा प्रेम सेलिङ संयोजक र श्रीकुमार मावो सह–संयोजक बनेका छन् ।

 

प्रदेश निर्वाचन क्षेत्र १ (ख) मा विष्णुकुमार हाङ्वाङलाई संयोजक र चन्द्रकला गुरुङलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै, फुङ्लिङ नगरपालिकामा सागरमणि गौतम इञ्चार्ज, बमबहादुर भट्टराई, सह–इञ्चार्ज तथा गंगाराम शंकर अध्यक्ष र जीतेन लिम्बू सचिव बनेका छन् ।

 

पाथीभरा याङ्बरक गाउँपालिकामा ठाकुरसिंह लिम्बू संयोजक, रमेश राई सह–संयोजक तथा भीम काङ्भा अध्यक्ष र हिमनाथ पौडेलले जिम्मेवारी पाएका छन् । सिदिङ्वा गाउँपालिकामा कृष्णकुमारी कडरिया इञ्चार्ज, जीवनकुमार ताम्लिङ सह–इञ्चार्ज, पूर्ण इदिङ्गो अध्यक्ष र किरण लिङ्देन सचिव बनेका छन् । मदनकृष्ण दाहाल सिरिजंगा गाउँपालिकाको अध्यक्ष बनेका छन् भने राजकुमार लिम्बू सह–इञ्चार्ज तथा चित्र मावो अध्यक्ष र ज्ञानु ताम्लिङ सचिव बनेका छन् ।

 

फक्ताङ्लुङ गाउँपालिकामा मानबहादुर केसी र मिक्वाखोला गाउँपालिकामा खड्ग साँवा इञ्चार्ज भएका छन् । दुवै पालिकामा सह–इञ्चार्ज तोकिएको छैन ।फक्ताङ्लुङमा दिलकुमार लिम्बू अध्यक्ष र यज्ञप्रसाद लिम्बू सचिव भएका छन् । मिक्वाखोला गाउँपालिकामा डण्डु लामा अध्यक्ष र दीपक लिवाङ सचिव भएका छन् । माओवादी कन्द्रले मेरिङ्देन गाउँपालिकामा दावाछिरिङ शेर्पालाई इञ्चार्ज र देउप्रसाद लिम्बू एवं अमरनन्द खातीलाई सह–इञ्चार्ज तोकेको छ ।

 

यो पालिकामा माओवादी केन्द्रले सुुजन सामेखाम लिम्बू अध्यक्ष र नरेश नाल्वोलाई सचिवको जिम्मेवारी दिएको छ । मैवाखोला गाउँपालिकामा पर्शुराम थोप्रा इञ्चार्ज भएका छन् भने सह–इञ्चार्जमा कसैलाई जिम्मेवारी दिइएको छैन । त्यहाँ तेम्बास्याम्बु शेर्पा अध्यक्ष तथा चन्द्रकुमार तामाङ सचिव बनेका छन् । 

 

आठराई त्रिबवेणी गाउँपालिकामा सूर्य आङ्बुहाङलाई इञ्चार्ज बनाइएको छ भने सागरकुमार आङ्बुहाङ सह–इञ्चार्ज तथा मणि सेम्बु अध्यक्ष र बालचन्द्र आङ्बुहाङ सचिव भएका छन् ।