close

कांग्रेस  जुम्लाको पालिका अधिवेशन : नगर सभापतिमा थापा र चौलागाईंको उम्मेदवारी घोषणा

कांग्रेस  जुम्लाको पालिका अधिवेशन : नगर सभापतिमा थापा र चौलागाईंको उम्मेदवारी घोषणा

Trulli
ADVERTISEMENT

जुम्ला– कांग्रेस जुम्लाको एक नगरपालिकासहित ८ वटै पालिकाको अधिवेशनको निर्वाचन हुने भएको छ । कांग्रेसले जुम्लाका सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ ।  ‘आकांक्षी धेरै छन् । छलफलको माध्यमबाट सर्वसम्मत नेतृत्व चयन गर्नेछौँ । सहमति हुन नसके निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुनेछ’, जिल्ला पार्टी सचिव कार्मा बुढाले भने ।


 
जिल्लाको एक मात्र चन्दननाथ नगरपालिकाको नगर सभापतिमा युवा नेता अंगराज चौलागाईं र रवि थापाले उम्मेदवारी घोषणा गरेको कांग्रेस जुम्लाले जनाएको छ । चौलागाईं संस्थापन पक्ष देउवा प्यानलका नगर सभापतिका उम्मेदवार हुन् भने थापा पौडेल पक्षधर हुन् । यस्तै, गुठीचौर गाउँपालिकामा सर्वसहमतिमै नेतृत्व चयन हुने सम्भावना रहेको युवा नेता दानबहादुर बुढाले बताए ।  उनले भने, ‘वर्तमान सभापति अर्जनकुमार महताराले छाड्ने र नयाँ नेतृत्वमा टेकबहादुर भण्डारी चयन हुनेछन् । 


तातोपानी गाउँपालिकाको नेतृत्व पनि सर्वसम्मत चयन हुने युवा नेता तीर्थराज न्यौपानेले जानकारी दिए । पालिका सभापतिमा धेरैको आकांक्षा भए पनि अन्त्यमा सहमतिमै नेतृत्व चयन हुने उनको भनाइ छ ।  जुम्लाका तातोपानी, तिला, हिमा, सिंजा, कनकासुन्दरी, गुठीचौर र पातारासी गाउँपालिकामा पनि अधिवेशन चलिरहेको छ ।