close

कांग्रेस बाजुरा सभापतिमा पुनः मतदान

कांग्रेस बाजुरा सभापतिमा पुनः मतदान

Trulli
ADVERTISEMENT

बाजुरा– नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा मतदान गणनाको अन्तिम नतिजा प्रकाशन भएको छ । बाजुरा कांग्रेसको १ हजार २ सय १२ मध्ये १ हजार २ सय ५ मत खसेको थियो । बुधबार बिहान ६ बजेदेखि सुरु गरिएको मत गणनाको परिणामअनुसार सभापतिका उम्मेदवार कविराज पण्डितले ४८९ मत ल्याए भने रामसिंह रावलले ४ सय ७४ मत ल्याए । त्यसैगरी स्वतन्त्र उम्मेदवार चक्र शाहले १५२ मत ल्याए । 


सभापतिका प्रत्यासी २ जनामध्ये पहिलो हुने पण्डित र दोस्रो हुने रावलबीच पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि पुनः मतदान हुने निर्वाचन समितिले बताएको छ । 


खसेको मतको ५१ प्रतिशतमध्ये ६१५ मत ल्याउनुपर्नेमा कसैको पनि नआएपछि पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा संस्थापनबाट कविराज पण्डितको सभापतिसहितको प्यानल थियो भने पौडेल/सिटौला समूहबाट रामसिंह रावलसहितको प्यानल चुनावमा उठेको थियो ।  मध्यमार्गी समूहबाट चक्रबहादुर शाहको प्यानल चुनावी मैदानमा थियो ।


उप–सभापतिमा नारायण पाध्याय ७४८ र पदम बडुवाल ७५६ मत ल्यायर विजयी भएका छन् । प्रतिद्वन्द्वी शेरबहादुर खातीले ४३२ मत प्राप्त गरे । पाध्यायलाई तीन वटै प्यानलले समर्थन गरेका हुन् ।

 

सचिवमा तिलकराज पुरीले ५६५, भरतबहादुर रोकायाले ५१४ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिद्वन्द्वी रनसिहं अएडी ४४२, शिव बोहरा ४१५ र राजेन्द्र शाह बिपीले १२७ मत प्राप्त गरे ।


सह–सचिवमा कृष्णराज पाध्याय ४६६ र सुरेन्द्र हादुर सिहंले ३८० मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी धनबहादुर रावत १६६, नन्दबहादुर रावत ९१, प्रकाश रावल ३६४, मीनबहादुर भण्डारी ३१५ र मोहनसिं कार्की २३३ मत ल्याएर पराजित भए ।  विजयी हुनेमा सहसचिव सुरेन्द्र सिंह मात्रै संस्थापन पक्षका हुन् ।
सदस्यमा कृष्णराज उपाध्याय ४०१ र धनलाल पाध्याय ३२७ मत ल्याएर विजयी भए । 

 

बूढीगंगा नगरपालिकाबाट महिला सदस्य सुर्जादेवी रावल ३०१, पुरुष सदस्यमा प्रेम थापा ३४५, बलबहादुर थापा २८९ मत ल्याएर विजयी भए । त्यस्तै, त्रिबेणी नगरपालिका सदस्यमा करिष्मा ऐडी ३५३, राजेन्द्र खत्री ३३९ र जुद्धबहादुर ऐडीले ३२६ मत ल्याएर विजयी भए । खप्तड छेडेदह गाउँपालिकामा धर्मा बुढा ३२८, कुम्भनाथ योगी ३१४ मत ल्याएर विजयी भए ।

 

स्वामिकार्तिक गाउँपालिकामा अप्सरा शाही २४७ र हिक्मतबहादुर बुढाले २०६ मत ल्याएर विजयी भएका छन् । खस आर्य खुला सदस्यमा अन्तिमबहादुर शाही ४३३, अशोकबहादुर दानी ५४३, कपुर अधिकारी ३०७, जयेन्द्र शाह ३०५, देवबहादुर रोकाया ५१३, मोहनबहादुर भाट ३५५ मत ल्याएर विजयी भएका छन् ।दलित जनजाति समूहबाट तनी थापा भोटे ३८४, साइमल ल्वार ४७८ र वीरभान ल्वार ३९९ र अपांगता, अल्पसंख्यकबाट कृष्णकुमार गिरीले ४१७ मत ल्याएर विजयी भए ।


 
कांग्रेस बाजुरा अधिवेशनमा सभापतिमा ३, उप–सभापतिमा ३, सचिवमा ५, सह– सचिवमा ७, जिल्ला कार्यसमितिमा १९, जनजाति कोटामा ३, दलितबाट ५, अपांगता, अल्पसंख्यक ४, बडिमालिका नगरपालिका ५, बूढीगंगा नगरपालिका ७, त्रिवेणी नगरपालिकाबाट ६, खप्तड छेडेदहबाट ५, स्वामिकार्तिक खापर पालिकाबाट ८ र जगन्नाथ गाउँपालिकाबाट ३ जना प्रतिनिधि चुनिएका हुन् ।