close

पाँचथर कांग्रेस सभापतिमा जबेगु निर्वाचित 

पाँचथर कांग्रेस सभापतिमा जबेगु निर्वाचित 

Trulli
ADVERTISEMENT

पाँचथर– नेपाली कांग्रेस पाँचथरको सभापतिमा रुपनारायण जबेगु निर्वाचित भएका छन् । मंगलबार राती आएको अन्तिम मत परिणामअनुसार प्रत्यासी सुरेन्द्रकुमार दाहाललाई २१८ मतान्तरले पराजित गर्दै जबेगु सभापतिमा निर्वाचित भएका हुन् । 


कुल १ हजार ८६ मतमध्ये १ हजार ७७ मत खसेको थियो । जबेगुले ६३४ र दाहालले ४१६ मत प्राप्त गरे । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट जबेगु यसअघि जिल्ला कार्यसमितिको निर्वाचित सचिव थिए । 


उपसभापतिमा बिर्जहाङ आङ्देम्बे र डिकेन्द्र चेम्जोङ विजयी भए । उनीहरू दुवै दाहाल प्यानलका हुन् । सचिवमा जबेगु प्यानलका दीपक नेपाल र दाहाल प्यानलका डेकेन्द कुमार तामाङ निर्वाचित भए । सहसचिवमा दाहाल प्यानलका सन्तोष श्रेष्ठ र जबेगु प्यानलका गजेन्द्र राई निर्वाचित भए ।  जिल्ला सभापतिमा निर्वाचित भएसँगै जबेगुले पार्टीलाई एकताबद्ध गराउँदै कांग्रेसलाई बलियो पार्टी बनाउने प्रतिबद्धता जनाए ।