close

कांग्रेसको जिल्ला अधिवेशन : २६ जिल्लामध्ये १४ मा संस्थापन र १२ मा संस्थापन इतरको जित

कांग्रेसको जिल्ला अधिवेशन : २६ जिल्लामध्ये १४ मा संस्थापन र १२ मा संस्थापन इतरको जित

Trulli
ADVERTISEMENT

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत २६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । अहिलेसम्मको नतिजाअनुसार २६ जिल्लामध्ये १४ मा संस्थापन पक्ष विजयी भएको छ भने १२ जिल्लामा संस्थापनबाहेकले जित हासिल गरेका छन् । 


हाल महाधिवेशन विभिन्न जिल्लामा विभिन्न जिल्लामा चलिरहेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र भएका पहाडी जिल्लामा कांग्रेसको अधिवेशन भइरहेको छ । तर, दुई वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा भने १० मंसिरमा जिल्ला अधिवेशन हुने महाधिवेशन कार्यतालिकामा समेटिएको छ ।


२६ जिल्लाको नतिजाअनुसार संस्थापन समूहबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ, मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङले जिल्ला सभापति जितेका छन् । 

त्यस्तै, सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादुर शाही, जाजरकोटमा वेदराज सिंह, पाँचथरमा रुपनारायण जबेगु र लमजुङमा डा. टकबहादुर गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । जाजरकोटका सिंह र मनाङबाट गुरुङ सर्वसम्मत सभापतिमा चुनिएका छन् ।


संस्थापन इतर समूहबाट संखुवासभाको जिल्ला सभापतिमा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल चुनिएका छन् ।


अर्घाखाँचीमा केशव श्रेष्ठ, प्यूठानमा विष्णुकुमार गिरी, बैतडी चतुरबहादुर चन्द, भोजपुर विनोद वान्तवा र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।