close

रोल्पा कांग्रेस सभापतिमा आचार्य विजयी

रोल्पा कांग्रेस सभापतिमा आचार्य विजयी

Trulli
ADVERTISEMENT

रोल्पा–नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य विजयी भएका छन् । आचार्यले प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । आचार्यले ५०२ मत प्राप्त गर्दा खत्रीले ४४० मत पाएका पाएका थिए।

 

कार्यसमितिको अन्य पदाधिकारीमा पनि आचार्यको प्यानल विजयी  भएको छ । कार्यसमितिको उपसभापितमा कविता उपाध्यायले ४७५ र हरिबहादुर पुनले ५०३ मत प्राप्त गरी विजयी भएका छन् । उपसभापतिको प्रतिस्पर्धी अमृत घर्तीले ४३० र लेखमणि डाँगीले ४४२ मत प्राप्त गरेका थिए । 

 

यसैगरी सचिवमा तिलबहादुर बुढाथोकी ५१३ र शेरबहादुर थापाले ४४५ मत प्राप्त गरी विजयी भएका छन्। सचिवका प्रतिस्पर्धी दीपक श्रेष्ठ ४०८ र रेगबहादुर पुनले ३९७ मत प्राप्त गरेका थिए ।

 

सहसचिवमा गंजबहादुर क्षेत्री ५५३ र सुनिलकुमार वली ४७२ मत  प्राप्त गरी विजयी हुनुभएको छ । सहसचिवका प्रतिस्पर्धी लीलाधर आचार्य २६६ र हुकुम बुढाले ३८१ मत प्राप्त गरे। कूल एक हजार ९३ मतदाता रहेको रोल्पा कांग्रेसको निर्वाचनमा एक हजार ४२ मत खसेको निर्वाचन अधिकृत सूर्यबहादुर वलीले जानकारी दिए । 

 

निर्वाचनमा मानबहादुर खत्री र किशोरकुमार आचार्यले सभापतिमा प्रतिस्पर्धा गरेका थिए । कार्यसमिति सदस्य  र महाधिवेशन प्रतिनिधिको मतगणना चलिरहेको  छ ।