close

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व चयन

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकको दुई प्रतिनिभिसभा निर्वाचन क्षेत्रका लागि भएको अधिवेशनबाट क्षेत्र नं १ को सभापतिमा दिनेश लामा र २ क्षेत्र नं को सभापतिमा महेश खरेल विजयी भएका छन् ।  

 

मङ्गलबार भएको मतदानमा लामाले अत्यधिक एक हजार ४१ मत र खरेलले ६३४ मत ल्याई निर्वाचित भएका हुन् । लामाको प्रतिस्पर्धी विष्णुमाया पुलामीले १६५ र खरेलको प्रतिस्पर्धी सुन्दरमणि आचार्यले ५४७ मत ल्याई पराजित भए  । निर्वाचनमा १ नं क्षेत्रमा रहेका एक हजार ३१४ प्रतिनिधिमा एक हजार २४३ मत खसेको थियो भने २ नं क्षेत्रमा रहेका एक हजार २३० प्रतिनिधिमा एक हजार २०८ मत खसेको दुवै क्षेत्रका निर्वाचन समितिले जनाएका छन् । एक नंको क्षेत्रीय सचिवमा विद्यासागर लामाले ९४१ र किशोरराज गिरीले ८५० मत ल्याई निर्वाचित भएका छन् ।  

 

यस्तै सहसचिवमा गणेशप्रसाद अधिकारीले ८५० र पदमबहादुर लामाले ७९१ मतले विजयी भए । क्षेत्रीय समिति सदस्यमा नवराज दाहाल, लालकुमार पाख्रिन, सत्यदेवी गौतम, केदारप्रसाद अधिकारी, शङ्कर अधिकारी र सुधा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

 

सदस्यमा प्रत्यक्षतर्फ चित्रकुमार तामाङ, देवराज लामा, मणिक लामा र विश्वतारा तिमल्सिना सदस्यमा निर्वाचित भएका छन् । यस्तै खसआर्यतर्फ अरुणकुमार शाह र कमला खनाल, आदिवासी जनजातितर्फ गोर्खामान तामाङ र पवन थिङ तथा महिलातर्फ कमला तामाङ र ज्ञानीमाया तामाङ, दलिततर्फ गेमबहादुर विक, अल्पसङ्ख्यकतर्फ दुर्गाप्रसाद चिमौरिया निर्वाचित भएका छन् । 

 

महाधिवेशन प्रतिनिधिमा खुला पुरुषतर्फ तीर्थ लामा एक हजार ६०, शङ्खबुद्ध लामा ८०४, गणेश लामा ८०२, गुणराज मोक्तान ८००, गुमानसिं तामाङ ५५५, चन्द्रबहादुर तामाङ ९सिबी० ५७५, चन्द्रबहादुर तामाङ, ४७३, विक्रमराज गौतम ४८६ सार्कीमान बल ५५७ र हर्षजीत लामाले ४७४ मत प्राप्त गरी विजयी भएका छन् । खुला महिलातर्फ जयन्ती हुमागाई ७५१, अञ्जु रञ्जित ७२९, मिराकुमारी नेपाली ७०५ र लक्ष्मीकुमारी उप्रेती बर्तौलाले ७१० मत ल्याई विजयी भए । 

 

यस्तै महाधिवेशन प्रतिनिधिमा आदिवासी जनजातितर्फ हरिबहादुर लामा, रोशन तामाङ र विक्रम लामा तथा आदिवासी महिलातर्फ दुर्गामाया तामाङ, ललिता किङरिङ मगर र शान्ति लामा निर्विरोध निर्वाचित भएका छन् । खसआर्य पुरुषतर्फ रमेशप्रसाद हुमागाईंले ७४५ र माधवप्रसाद पन्तले ४५८ मत ल्याई विजयी हुनुभयो भने खसआर्य महिलातर्फ रमिला अधिकारीले ५८८ मत ल्याई विजयी भएका छन् । दलिततर्फ उस्फर सुनार तथा अपाङ्गतामा उद्धवप्रसाद कोइराला निर्विरोध निर्वाचित भएका छन् । 

 

यसैगरी काभ्रेपलाञ्चोकको क्षेत्र नं २ को सचिवमा आनन्द सापकोटाले ५६२ र नारायणप्रसाद सापकोटाले ५५४ मत ल्याई विजयी भएका हुन् । सहसचिवमा चिरञ्जीवी आचार्यले ५७९ र पुरुषोत्तम बजगाईले ५०६ मत ल्याएर विजयी बनेका छन् । क्षेत्र नं २ को समितिका लागि भने सबै पदमा मतदान भएको थियो । 

 

समिति सदस्यमा भने रुपा पौडेल ५२८, अशोककुमार लामा ५५०, पुण्यप्रसाद रिजाल ५०४, शान्ता शर्मा ५०३, कृष्णप्रसाद सापकोटा ६०६, जनक तिमल्सिना ५४४, इन्दिरा पराजुली ४६५, कुमार लामिछाने ४६८, देवीप्रसाद डोटेल ४५६, धनबहादुर तामाङ ४४६ मत ल्याई विजयी भएका छन् । 

 

महाधिवेशन प्रतिनिधिमा कञ्चनचन्द्र वादे ६७३, अच्युतप्रसाद पौडेल ६११, मधुप्रसाद आचार्य ६०६, चन्द्र ढकाल ५१८, जीतेन्द्रमान तामाङ ५१६, तस्विर लामा ५५२, भोला नेपाल ४७९, माधवप्रसाद ढकाल ४९५, रामप्रसाद थपलिया ४९२ र सुन्दर तामाङले ४९२ मत ल्याई विजयी भएका छन् । 

 

महिलातर्फ जीवना वादे ५५०, जानुका नेपाल ५०४, शान्ता क्षेत्री थापा ५७३ र शुभलक्ष्मी मानन्धरले ४८६ मत ल्याई विजयी बनेका हुन् । महाधिवेशन प्रतिनिधिमै खस आर्य पुरुषतर्फ रामजी पन्त ५९३, महेश पौडेल ५७१, खस आर्य महिलातर्फ रिता गौतम दाहाल ४९२, खस आर्य खुलामा कमल सापकोटा ५१८ र ताराप्रसाद दुलाल ४७१, आदिवासी जनजाति महिला शर्मिला लामा ५०५, जनजाति खुलामा डम्बर तामाङ ५४५ र तेज लामा ५१६, दलिततर्फ सुमित्रा परियार दर्जी ६२९ मत ल्याई विजयी भएका छन् भने तथा अल्पसङ्ख्यकबाट जङ्गबहादुर माझी निर्विरोध निर्वाचित भएका छन् ।