close

कांग्रेस महाधिवेशन : देउवा/पौडेलको शक्ति बच्छीबच्छी 

कांग्रेस महाधिवेशन : देउवा/पौडेलको शक्ति बच्छीबच्छी 

Trulli
ADVERTISEMENT

काठमाडौँ– कांग्रेसमा महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नतिजाले पार्टी नेतृत्वका लागि संस्थापन र इतर दुवै पक्षको शक्ति बच्छीबच्छी देखिएको छ । अघिल्लो महाधिवेशनको तुलनामा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षको स्थिति केही सुदृढ देखिए पनि संस्थापनइतर पक्ष एक भएर मैदानमा आए कडा टक्कर पर्ने देखिएको छ ।

 

संस्थापनइतर पक्षले सोचेजस्तो परिणाम ल्याउन सकेको छैन । देशभरबाट बुधबारसम्म आएका नतिजाले इतर पक्षमा एकमात्रै उम्मेदवार अघि सार्नुपर्ने दबाब बढेको छ । संस्थापन पक्षबाट सभापति देउवा र उपसभापति विमलेन्द्र निधि सभापतिका प्रत्याशी छन् । निधिको प्रभाव क्षेत्र मानिएको प्रदेश २ मा क्षेत्रीय अधिवेशन नै सुरु नभएकाले महाधिवेशन प्रतिनिधि चयन हुन सकेको छैन । प्रदेश २ का ८ जिल्लाबाट मात्रै ८ सय प्रतिनिधि चयन हुन्छन् ।

 

३३ जिल्लाबाट चयन भएका १ हजार ३ सय ३२ महाधिवेशन प्रतिनिधिमा देउवा र पौडेल पक्ष बराबरी हैसियतमा देखिएका छन् । १ हजार ३ सय ३२ महाधिवेशन प्रतिनिधिमा ६ सय ५७ संस्थापन प्यानलबाट र ६ सय ६० पौडेल प्यानलबाट निर्वाचित भएका छन् । अन्य १५ जनामा निधि, सिटौला र कतिपय नखुलेका छन् ।

 

क्षेत्रीय अधिवेशनबाट करिब ४ हजार २ सय मतदाता चयन हुन्छन् । केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाका समेत गर्दा झन्डै ४ हजार ५ सय हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । जिल्ला कार्यसमिति सभापतिमा पनि संस्थापन र इतर पक्षबीच बराबरी स्थितिमा छन् ।