close

संस्थापन समूहका प्रेमप्रकाश वली रुकुमपश्चिम जिल्ला सभापतिमा सर्वसम्मत 

संस्थापन समूहका प्रेमप्रकाश वली रुकुमपश्चिम जिल्ला सभापतिमा सर्वसम्मत 

Trulli
ADVERTISEMENT

रुकुमपश्चिम– नेपाली कांग्रेसको रुकुमपश्चिम जिल्ला सभापतिमा प्रेमप्रकाश वली सर्वसम्मत चयन भएका छन् । मंसिर ६ गते नै जिल्ला अधिवेशन उद्घाटन गरिए पनि सहमतिको प्रयास गर्दा दुई दिनपछि मात्रै कमिटी चयन भएको हो ।

 

सभापतिसहित सबै पदमा सहमतिमा जिल्ला कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । रुकुमलाई दुई जिल्ला बनाइएपछि बनेको रुकुमपश्चिमको जिल्ला सभापतिमा यसअघि पनि वली नै तोकिएका थिए ।

 

पार्टीको दुई उपसभापति पदमा हर्कसिंह खत्री र सुरतजंग मल्ल चयन भएका छन् भने सचिवमा परमेश्वर भण्डारी र तारक शाही चयन भएका छन् । त्यस्तै समितिले सहसचिव पदमा प्रेमबहादुर खड्का र यज्ञ विष्ट चयन भएको जनाएको छ । कोषाध्यक्षमा मोहवीर खड्का मनोनित भएका छन् ।