close

कांग्रेस रूपन्देही ३ को क्षेत्रीय सभापतिमा गुरुङ निर्वाचित 

कांग्रेस रूपन्देही ३ को क्षेत्रीय सभापतिमा गुरुङ निर्वाचित 

Trulli
ADVERTISEMENT

रूपन्देही–नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत रूपन्देही क्षेत्र ३ को क्षेत्रीय सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा समर्थक सुशील गुरुङसहितको प्यानल विजयी भएको छ ।


क्षेत्रीय सभापतिमा निर्वाचित गुरुङ १३५ मतान्तरले विजयी भएका हुन् । गुरुङले ३७७ मत प्राप्त गरे रामचन्द्र पौडेल समूहका उम्मेदवार मात्रिका यादवले २४२ मत प्राप्त गरेकोे जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए । अर्का उम्मेदवार महेन्द्रप्रसाद यादवले ४ मत प्राप्त गरे ।


सचिवमा भवानीप्रसाद शर्मा र लेखनाथ भट्टराई निर्वाचित भए । सहसचिवमा प्रेमसागर चौधरी र कुलप्रसाद न्यौपाने निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा पनि सबै देउवा समूहका उम्मेदवार विजयी भएका छन् ।