close

दार्चुला कांग्रेस सभापतिमा ललितसिंह बोहरा विजयी

दार्चुला कांग्रेस सभापतिमा ललितसिंह बोहरा विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाली कांग्रेस दार्चुला जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि सभापति पदमा विजयी भएका हुन् ।

 

शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार बोहराले ६२० मत पाए भने उनका प्रतिस्पर्धी अमरसिंह धामीले ३०९ मत प्राप्त गरेका हुन् । सभापतिमा निर्वाचित बोहरा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुनिकट हुन् ।

 

उपसभापतिमा ललितसिंह ठगुन्ना र महादेव बडु विजयी भएका छन् । ठगुन्नाले ५४० र बडुले ४८२ मत पाएको निर्वाचन समितिले जनाएको छ । दुई सचिव पदमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट निर्वाचित भएका छन् ।

 

कार्कीले ६६५ र भट्टले ४०५ मत प्राप्त गरेका छन् भने सहसचिवमा राजु अवस्थी र राजेन्द्र प्रसाद जोशी विजयी भएका छन् । अवस्थीले ५६९ र जोशीले ४२८ मत पाएका छन् । कोषाध्यक्ष भने जिल्ला कार्यसमितिले मनोनित गर्ने कांग्रेस विधानको व्यवस्था छ ।