close

‘धैर्य गरुँ फेरि पालो आउँछ, पार्टीको प्रतिष्ठामा धक्का पुग्ने काम नगरुँ’ 

‘धैर्य गरुँ फेरि पालो आउँछ, पार्टीको प्रतिष्ठामा धक्का पुग्ने काम नगरुँ’ 

Trulli
ADVERTISEMENT

चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धा मात्र नबुझ्न र पार्टी एकतामा असर पर्ने गरी अस्वस्थ्य प्रतिस्पर्धा नगर्न महाधिवेशन प्रतिनिधिहरुले आह्वान गरेका छन् ।

 

दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले नेताहरुलाई हतारो नगर्न आग्रह गरे । ‘आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा र अस्वस्थ प्रतिस्पर्धाले संस्थालाई नोक्सान पार्ने गतिविधि नगरौं’ उनले भनेका छन्, ‘कसै न कसैले कुनै न कुनै जिम्मेवारी त सम्हाल्नैपर्छ, तर पार्टीको प्रतिष्ठा, पार्टीको एकता खदिलो हुने कुरामा असर गर्ने कुरा नगरौं ।’

 

उनले अघि भने, ‘फेरि पालो आउँछ । सानो देश भएपनि यत्रा पालिकाहरु छन्, प्रदेशसभाहरु छन्, प्रतिनिधिसभा छ । अरु ठाउँहरु छ । अहिले नभए फेरि आउला ।’

 

सिंगो देशले आफूहरुलाई हेरिरहेको भन्दै एमाले अध्यक्ष ओलीले हतारो गर्ने, लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धा मात्र बुझ्ने र प्रतिस्पर्धालाई अस्वस्थ्य बनाउने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले अघि भने, एउटाले मात्र पनि अस्वस्थ्य व्यवहार भयो भने सिंगो पार्टीको छविमा आँच आउँछ ।’

 

ओलीले पार्टीको प्रतिष्ठामा धक्का पुग्ने गरी विचार नराख्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । विचार सिद्धान्त छैन, कता जाने हो टुंगो छैन भनेको आफूले सुनेको भन्दै उनले पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि क्रियाकलाप नगर्न निर्देशन दिएका हुन् ।

 

दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले भने, हामीसँग विचार छ, नीति छ, सिद्धान्त छ । मार्क्सवादको द्वन्द्वात्मक भौतिकवाददेखि समृद्ध नेपाल सुखी नेपालीसम्मको विचार बोकेर अगाडि बढेका छौं ।’

 

उनको नाम नलिई अध्यक्ष ओलीले पार्टी विचार, नीति, कार्यक्रममा प्रष्ट रहेको बताए । उनले अघि भने, ‘पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि कुरा कुनै पनि कमरेडले नगरौं । पार्टी प्रतिष्ठामा धक्का पुग्ने खालका विचार र गतिविधि कुनै पनि कमरेडले नराखौं ।’

 

ओलीले एमालेसँग नभए कोसँग छ त सिद्धान्त भनेर प्रश्न गरे । ‘यत्रो उपलब्धी हासिल गरेका छौं, हरेक क्षेत्रमा उपलब्धी हासिल गरेका छौं, जनताले बुझ्दै नबुझी साथ दिएका छन् त रु जनताले हामीमाथि यत्तिकै भरोसा गरेका छन् ?’ उनले प्रश्न गरे ।

 

ओलीले एउटा मात्र नभई समग्र राष्ट्र निर्माणको विचारमा एमाले प्रष्ट रहेको बताए । ‘हामीसँग विचार छैन होइन, नीति छैन होइन, नीतिका आधारमा कार्यक्रम, ती कार्यक्रम कार्यान्वयन गर्न योजनाहरु छन् । चाहे आन्तरिक होस् चाहे बाह्य होस्’ ओलीले भने, ‘हामीले कुनै कुण्ठाग्रस्त हुनुपर्ने आवश्यकता छैन ।’ नेता कार्यकर्ताले बुझेर वा नबुझेर नीति र विचार छैन भने पनि अब त्यसो नगर्न उनले निर्देशन दिए ।