close

माओवादी पालिका सम्मेलन : काभ्रेको अधिकांश पालिकामा नेतृत्व सर्वसम्मत

माओवादी पालिका सम्मेलन : काभ्रेको अधिकांश पालिकामा नेतृत्व सर्वसम्मत

Trulli
ADVERTISEMENT

बनेपा– नेकपा (माओवादी केन्द्र) को शनिबार सम्पन्न पालिका सम्मेलनअन्तर्गत काभ्रेपलाञ्चोकका १३ वटै पालिका अन्तर्गत केहीमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएका छन् । केही पालिकाको भने नेतृत्व चयनका क्रममा बन्दसत्र जारी छ । 

 

महाभारत गाउँपालिकामा कान्छालाल जिम्बाका अध्यक्षतामा ५५, खानखोला गाउँपालिकामा अविरल जिम्बाको नेतृत्वमा ५१ ,कोसीपारिस्थित भुम्लु गाउँपालिकामा प्रेम बहादुर भुजेल (बृहत) को अध्यक्षतामा ५०, रोशी गाउँपालिका डिल्लीप्रसाद रेग्मीको अध्यक्षतामा ५५ सदस्यीय र बेथानचोक गाउँपालिकामा तारा राना तिमल्सिनाको अध्यक्षमा ५० सदस्यीय नयाँ कमिटी चयन गरिएको छ ।  

 

 
यसैगरी मण्डनदेउपुर नगरपालिकामा निरञ्जन विष्ट ९दीप०को अध्यक्षतामा ६५ ,पाँचखाल नगरपालिका कमिटीमा चेतप्रसाद गौतम (मणि) को अध्यक्षतामा ६१ ,नमोबुद्ध नगरपालिका  मिन्टु लामाको अध्यक्षतामा ६५ सदस्यीय कमिटी पनि चयन गरिएको छ ।  यसैगरी तेमाल गाउँपालिकामा कमिटी चयन गर्न बाँकी छ । आज बस्ने छलफलले पदाधिकारी टुङ्ग्याउने जनाइएको छ ।  धुलिखेल नगर कमिटीले पनि सम्मेलनको बन्दसत्रबाट ६५ जनाको कमिटी चयन गर्न बाँकी  छ ।

 

कोसीपारिस्थित चौरीदेउराली गाउँपालिकाको आज बन्दसत्र सुरु हुने जनाइएको छ । बनेपा नगर कमिटीको शनिबार उद्घाटन सत्र सम्पन्न गरी बन्दसत्र स्थगन भएको पार्टीले जनाएको छ भने पनौती नगर कमिटीको उद्घाटन सम्पन्न भएपछि आज बन्द सत्र सुरु भएको छ ।