close

कांग्रेसका वरिष्ठ नेता पौडेलको गृहजिल्लामा देउवानिकट आले सभापतिमा निर्वाचित

कांग्रेसका वरिष्ठ नेता पौडेलको गृहजिल्लामा देउवानिकट आले सभापतिमा निर्वाचित

Trulli
ADVERTISEMENT

तनहुँ– कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी रामचन्द्र पौडेललाई गृहजिल्लामै धक्का लागेको छ । पौडेलको गृहजिल्ला तनहुँमा आइतबार सम्पन्न जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार जितप्रकाश आले जिल्ला सभापतिमा विजयी भएका छन् । आफ्नै जिल्लामा पौडेलका उम्मेदवार पराजित भएका हुन् । 

 

पौडेलले आफ्ना विश्वासपात्र एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई उम्मेदवार बनाएका थिए । न्यौपाने कांग्रेस तनहुँका बहालवाला सभापति पनि थिए । सभापतिमा विजयी भएका आलेले ९५१ मत पाएका छन् भने पराजित भएका न्यौपानेले ७८३ मत पाएका हुन् । जिल्ला निर्वाचन समितिका अनुसार अधिवेशनमा १७८५ मत खसेको थियो । उपसभापतिमा राजेन्द्रकुमार श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी भएका छन् ।

 

त्यस्तै सचिव पदमा लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी विजयी भएको निर्वाचन समितिले जनाएको छ । दुई सहसचिवमा मिलन आले र परमेश्वर भट्टराई निर्वाचित भएका छन् ।