close

कर्णालीबाट एमाले केन्द्रीय सदस्यमा शाहीको उम्मेदवारी 

कर्णालीबाट एमाले केन्द्रीय सदस्यमा शाहीको उम्मेदवारी 

Trulli
ADVERTISEMENT

चितवन–युवा नेता योगेन्द्र शाहीले कर्णाली भूगोल खुलाबाट नेकपा एमालेको १०औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । पार्टी विभाजन भएसँगै एकताको पक्षमा उभिएर कर्णाली प्रदेश योजना आयोगको सदस्यबाट राजीनामा दिएका शाहीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

 

पार्टी एकतालाई थप सुदृढ गर्न र आदर्श राजनीतिका लागि युवा नेतृत्वलाई राजनीतिमा लाग्न प्रेरित गर्ने उद्देश्यले उम्मेदवारी दिएको उनले बताए । युवा नेता शाही ०५१ मा १८ वर्षको उमेरमै सुर्खेत शिक्षा क्याम्पसको स्ववियु सभापति भई पूर्णकालीन राजनीतिमा प्रवेश गरेका हुन् ।


विश्व प्रजातान्त्रिक युवा संघको उपाध्यक्ष र एसियाली राजनीतिक पार्टीहरूको संगठन (आइक्याप) मा संलग्न भई विश्वका ६० भन्दा बढि देशमा प्रतिनिधि तथा वक्ताका रूपमा शाहीले सहभागिता जनाएका छन् । ‘युथ भिजन २०२५’ निर्माण कार्यदलको संयोजक भएर आफ्नो जिम्मेवारी पूरा गरेका शाही एमालेभित्र बौद्धिक नेताका रूपमा चिनिन्छन् ।