close

पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य छ : अध्यक्ष डा लोहनी

पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य छ : अध्यक्ष डा लोहनी

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य भएको बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको आसन्न महाधिवेशनमा युवा पुस्तालाई नेतृत्व हस्तानन्तरण गर्न अध्यक्ष पदमा राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 

अध्यक्ष लोहनीले देशभरबाट छनोट भएर महाधिवेशनमा आएका प्रतिनिधिमध्ये अधिकांशको चाहना र भावना युवालाई नेतृत्वमा पुर्‍याउने रहेको उल्लेख गर्दै त्यसलाई आफूले सम्मान गरेर अध्यक्ष पदमा लिङ्देनलाई सहयोग गर्ने बताए । उनले अध्यक्षद्वय पशुपतिशम्शेर जवरा र कमल थापालाई पनि पार्टीमा अभिभावकीय भूमिका निर्वाह गरी नयाँ पुस्तालाई सहयोग गर्न आग्रह गरे । 

 

‘युवा नेतृत्वले पार्टीलाई एकताबद्ध गरेर देश र जनताको हितमा क्रियाशील भई प्रजातान्त्रिक पद्धतिबाट पार्टीको मूल सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्छ’, उनले भने, ‘पार्टीको संस्थागत विकास र सङ्गठनात्मक सुदृढिकरणका लागि पार्टीको नेतृत्वमा युवालाई पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता हो ।’ करिब दुई वर्षअगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकता भएपछि पहिलोपटक यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौँमा महाधिवेशन हुन लागेको छ ।