close

कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा भिड्दै पुन र शाह

कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा भिड्दै पुन र शाह

Trulli
ADVERTISEMENT

रूपन्देही– नेपाली कांग्रेसको १४आँै महाधिवेशनअन्तर्गत बिहीबार सुरु हुन लागेको प्रदेश सभापति निर्वाचनमा लुम्बिनीबाट अमर पुन रोल्पा र भरतकुमार शाह रूपन्देहीबीच प्रतिस्पर्धा हुने भएको छ ।


वरिष्ठ नेता पौडेल पक्षबाट पुन र संस्थापनबाट शाह उम्मेदवार बन्न लागेका हुन् । बिहीबार दुवै पक्षले आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिँदै छन् । पुन पक्षले केही बेरपछि बुटवलमा पत्रकार सम्मेलन गरी प्यानल घोषणा गर्ने बताएको छ ।


शाह रूपन्देही क्षेत्र ५ का प्रतिनिधिसभा सदस्य तथा संसद्को लेखा समिति सभापति हुन् । उनी सोही क्षेत्रबाट ०५६ र ०७० को चुनावमा पनि विजयी भएका थिए । पुन कांग्रेस रोल्पाको निवर्तमान जिल्ला सभापति हुन् । उनी यसअघि दोस्रो संविधानसभाका सदस्य थिए । 


शाह र पुन दुवै राज्यमन्त्री बनिसकेका नेता हुन् । संस्थापन इतरमा उनी शेखर कोइराला निकट मानिन्छन् । जिल्ला अधिवेशनमा संस्थापन इतरको प्यानल पर्चाको माथिपट्टि प्रदेश सभापति भनेर उनको नाम पनि थियो । लुम्बिनी प्रदेशमा पौडेल पक्ष बलियो देखिएको छ ।