close

कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट बलायर 

कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट बलायर 

Trulli
ADVERTISEMENT

सुदूरपश्चिम– नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् । संस्थापन समूहका नेताहरुको छलफलपछि पूर्वमन्त्रीसमेत रहेका बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन् ।

 

सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच शुक्रबार बिहानदेखि नै छलफल भइरहेको थियो । तर सुदूरपश्चिममा कमजोर रहेको संस्थापन इतर समूहले मागेको पद दिन संस्थापन समूह तयार नभएपछि दुई पक्ष प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिने भएका हुन् । दुबै पक्ष बलायरलाई सर्वसम्मत सभापति बनाउन तयार भएपनि पदाधिकारीमा कुरा नमिलेको बताइएको छ ।

 

संस्थापन समूहमा प्रदेश सभापतिका लागि आधा दर्जन आकांक्षी रहेकामा नेताहरुले केन्द्रीय सदस्य बलायरलाई अगाडि सारेका हुन् । सभापतिका उम्मेदवार बलायरले अनलाइनखबरसँग भने, ‘नेताहरु सबैको जोड तपाई नै सभापति लड्नुपर्छ भन्ने रह्यो । मैले पनि यसलाई स्वीकार गरेको छु । अब सुदूरपश्चिममा कांग्रेसको संगठनलाई शसक्त बनाउन सक्रिय हुन्छु ।’ संस्थापन इतर समूहबाट प्रदेश सभापतिमा नारायण मिश्र उम्मेदवार बनेका छन् ।

 

शुक्रबार दिउँसो दुई देखि चार बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । प्रदेश अधिवेशन बहीबार प्रदेश अधिवेशन उद्घाटन गरिएको हो । निर्वाचन कार्यतालिका अनुसार शनिबार मतदान हुनेछ ।