close

‘शहीदको बलिदान व्यर्थ जान दिइने छैन’

‘शहीदको बलिदान व्यर्थ जान दिइने छैन’

Trulli
ADVERTISEMENT

कञ्चनपुर–पूर्वमन्त्री बीना मगरले शहीदको बलिदानलाई व्यर्थ जान नदिनइने बताएकी छन् । नेकपा (माओवादी केन्द्र) बेलौरी नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले शहीदको बलिदानले देशमा जनपक्षीय एजेण्डा स्थापित भएको बताइन् ।  उनले देशको राजनीति माओवादी एजेण्डामा चलेको जिकिर गरिन् ।  


 
संर्घषको बलमा जनपक्षीय एजेण्डा स्थापित भएको चर्चा गर्दै उनले उपलब्धिको रक्षाका लागि माओवादीले नेतृत्व पाउनुपर्ने बताइन् । ‘माओवादी जनताको आशा भरोसाको केन्द्रका रुपमा रहेको छ’, उनले भनिन्,  ‘पार्टीलाई बलियो बनाउनेदेखि सिंगो देश माओवादीमय बनाउनुपर्नेमा कार्यकर्ताको अझै योगदानको खाँचो रहेको छ ।’

 

देश र जनताका लागि बदिलान दिनेदेखि दिगो विकास र समृद्धिका लागि काम गर्ने एक मात्रै पार्टी नेकपा (माओवादी केन्द्र) मात्रै रहेको उनको जिकिर थियो । लडेर ल्याएको एजेण्डालाई रक्षा गर्नुपर्ने धारणा राख्दै उनले प्रतिगमनविरुद्ध लड्नका लागि सबै एकमत हुनुपर्ने बताइन् ।