close

सप्तरी क्षेत्र ४ मा सीताराम साहको प्यानलै निर्वाचित

सप्तरी क्षेत्र ४ मा सीताराम साहको प्यानलै निर्वाचित

Trulli
ADVERTISEMENT

सप्तरी–नेपाली कांग्रेस सप्तरीको क्षेत्र ४ मा सीताराम साह क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनको बुधबार बिहान सार्वजनिक मत परिणामअनुसार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका साह ३०४ मत ल्याएर निर्वाचित हुँदा संस्थापन पक्षका किरण भगतले २५९ मत प्राप्त गरे ।

 

सचिवमा साह प्यानलका रमेशकुमार चौधरी र वासुदेव ठाकुर, सहसचिवमा सागरनन्द चौधरी र ललितनारायण यादव निर्वाचित भए । सदस्यमा रामकुमारी चौधरी, फुलमहमद मियाँ, दुखी तत्मा, रामप्रसाद चौधरी, उर्मिलादेवी यादव, सञ्जयकुमार यादव, शर्मिलाकुमारी मण्डल, सेवा दास, मनोजकुमार चौधरी र भौसाई मियाँ निर्वाचित भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।


महाधिवेशन प्रतिनिधिमा साह समूहकै २५ जना निर्वाचित भएका छन् । यसअघि सप्तरीको क्षेत्र १, २ र ३ मा संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका छन् ।