close

कपिलवस्तुमा नेकपा एकीकृत समाजवादीको जिल्ला भेला 

कपिलवस्तुमा नेकपा एकीकृत समाजवादीको जिल्ला भेला 

Trulli
ADVERTISEMENT

कपिलवस्तु– नेकपा एकीकृत समाजवादीको जिल्ला भेला कपिलवस्तुको खरेन्द्रपुरमा सम्पन्न भएको छ । भेलामा नेताहरूले अबको निर्वाचनमा एकीकृत समाजवादी पहिलो दल बन्ने दाबी गरे । पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासले दुई तिहाइको सरकार गुमाएर अहिले एक्लाएक्लै हुने परिस्थिति केपी ओलीको कारण आएको जिकिर गरे ।

 

‘देशमा बेरोजगारी समस्या छ । युवालाई देशमा कसरी रोक्न सकिन्छ भन्नेतर्फ ध्यान जाने बेलामा संविधान नष्ट गर्नतर्फ ध्यान गयो’, भागवतले भने, ‘अबको निर्वाचनमा हाम्रो जित सुनिश्चित ।’ नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले एमाले कार्यकर्ता ओलीका दास भएको आक्षेप लगाए । उनले आउँदो चुनावमा एमाले शून्य हुने, कांग्रेस र माओवादीले पनि नजित्ने हुँदा नेकपा एकीकृत समाजवादी पहिलो दल बन्ने ठोकुवा गरे ।


मुलुकका सबै प्रदेश, जिल्ला, स्थानीय तहमा आफ्नो पार्टी विस्तार भएको बताउँदै नेकपा एकीकृत समाजवादीले देश र जनताको रक्षा गर्ने दाबी उनको छ । भेलामा केन्द्रीय सदस्य क्षेत्रबहादुर खत्री, मीना परियार, प्रदेश कमिटी सदस्य लीला खनाल, जीवलाल पौडेल, मोहन रिजाल, एमडी हसनलगायत सहभागी थिए ।