close

कर्णालीका मुख्यमन्त्री शाहीलाई पराजित गर्दै बाजुराका पाण्डे सह–महामन्त्री निर्वाचित

कर्णालीका मुख्यमन्त्री शाहीलाई पराजित गर्दै बाजुराका पाण्डे सह–महामन्त्री निर्वाचित

Trulli
ADVERTISEMENT

बाजुरा– नेपाली कांग्रेस बाजुराका नेता बद्रीप्रसाद पाण्डे कांग्रेसको १४आंँ महाधिवेशनबाट सह–महामन्त्रीमा निर्वाचित भएका छन् ।  सभापतिमा पराजित शेखर कोइराला समूहबाट सह–महामन्त्रीमा चुनाव लडेका पाण्डे २४ सय ११ मत ल्याएर विजयी भए ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट चुनाव लडेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे पिछडिएको क्षेत्रबाट सह–महामन्त्रीमा निर्वाचित भएका हुन् ।  उनले शाहीलाई २७८ मतले पराजित गरे ।  बाजुराको जिल्ला अधिवेशनमा देउवाको विरासत भत्काउने मुख्य भूमिका निर्वाह गरेका पाण्डेले केन्द्रमा पनि संस्थापन पक्षका उम्मेदवारलाई हराए । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले निर्वाचित भएपछि पाण्डेले पार्टीलाई विधिसम्मत सञ्चालन गर्न दबाब दिने बताए । १२औँ महाधिवेशनमा केन्द्रीय सदस्य बनेका पाण्डे १३औँ महाधिवेशनमा सह–महामन्त्री निर्वाचित भएका हुन् ।