close

एमाले बागलुङका अध्यक्षमा  हीराबहादुर केसी निर्वाचित 

एमाले बागलुङका अध्यक्षमा  हीराबहादुर केसी निर्वाचित 

Trulli
ADVERTISEMENT

बलेवा– नेकपा (एमाले) बागलुङका अध्यक्षपदमा हीराबहादुर केसी निर्वाचित भएका छन् । कार्यबाहक अध्यक्षसमेत रहेका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३२९ मत प्रप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी  पाठकले २२८ मत पाए । अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले ३४ प्राप्त गरे । उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल सर्वसम्मत निर्वाचित भएका थिए । उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी भए । थापाले गणेश २९९ र श्रीसले २२८ मत पाएका छन् ।