close

नेकपा एमाले दोलखामा नरबहादुर श्रेष्ठ, बैतडीमा सुरेन्द्र पाल र ताप्लेजुङमा थेबे  निर्वाचित

नेकपा एमाले दोलखामा नरबहादुर श्रेष्ठ, बैतडीमा सुरेन्द्र पाल र ताप्लेजुङमा थेबे  निर्वाचित

Trulli
ADVERTISEMENT

काठमाडौं–नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उनले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गरेका छन् । उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा हिरा थोकर, उपसचिवमा धमेन्द्र मोक्तान, कमला बस्नेत र सुन्दर कार्की निर्वाचित भए । 

 

जिल्लाभरका ८३२ प्रतिनिधिमध्ये ८०७ मत खसेकामा श्रेष्ठले ५०९ मत प्रप्त गरेका छन् भने दुललाले २८४ मत प्राप्त गरेका हुन् । निर्वाचित भएपछि  पद तथा गोपनीयताको शपथ लिदै  अध्यक्ष श्रेष्ठले पार्टीलाई विधिवत् रुपमा सञ्चालन गरी साङ्गठनिक, आर्थिकलगायत सबै क्षेत्रमा मजबुद बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे । 

 

बैतडीमा  पाल
यसैगरी बैतडीमा पुनः सुरेन्द्र पाल अध्यक्षमा निर्विरोध  चयन भएका छन् ।  पाटनमा सम्पन्न आठौँ जिल्ला अधिवेशनले पाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली निर्वाचित भए । अध्यक्ष पालको नेतृत्वमा  ९० सदस्यीय जिल्ला कमिटी पनि गठन गरिएको छ ।  

 

  ताप्लेजुङमा थेबे  
पार्टीको ताप्लेजुङ जिल्ला समितिको अध्यक्षमा भुपेन्द्र थेबेले बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै विजयी भएका छन् । जम्मा ६३५ मतमध्ये  थेबेले ३२९ मत प्राप्त गरेका छन्,   भने साम्सोहाङले २७३ मत प्राप्त गरे ।  उपाध्यक्षमा सन्तोष खतिवडा, सचिवमा केसरकुमार मेन्याङबो तथा  उपसचिवद्वयमा मणि पोमु र दीपेन पोमुले विजयी भएका छन् ।