close

एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा मेयर विष्ट प्यानलसहित निर्वाचित

एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा मेयर विष्ट प्यानलसहित निर्वाचित

Trulli
ADVERTISEMENT

धनगढी- नेकपा एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा सुरेन्द्र बिष्ट प्यानलसहित निर्वाचित भएका छन् । निर्वतमान अध्यक्ष समेत रहेका एकता प्रक्रियाबाट आएका वीरबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

 

विष्ट कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयरसमेत हुन् । कुल ४७० मत खसेकोमा बिष्टले २८१ र थापाले १८३ मत पाएको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्षमा बिष्ट प्यानलका लक्ष्मी बुढा २५४ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी महेशप्रसाद पन्तले २०५ मत ल्याए ।

 

सचिवमा २३३ मतसहित पल्लबराज भट्ट विजयी भए । उनका प्रतिद्वन्द्वी अशोक चन्दले २२६ मत पाए । उपसचिवमा कर्णबहादुर चन्द ३४७ र फैरु तामाङ २९६ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । कञ्चनपुरमा नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास असफल भएपछि मंगलबार मतदान भएको थियो ।