close

जुम्ला कांग्रेसले बोलायो बैठक 

जुम्ला कांग्रेसले बोलायो बैठक 

Trulli
ADVERTISEMENT

जुम्ला–राजनीतिक दलका कार्यक्रम तथा भेलाले संक्रमण फैलाएको समाचार आइरहँदा जुम्ला कांग्रेसले बैठक बोलाएको छ ।  राजनीतिक दलकै शीर्ष नेताहरूलाई कोरोना संक्रमण भएकै बेला जुम्ला कांग्रेसले ३ र ४ माघमा जिल्ला कार्यसमितिको बैठक बोलाएको हो ।  कांग्रेस जुम्लाले ३ माघमा पदाधिकारी र ४ माघमा प्रदेश ‘क’ र ‘ख’ सभापति, पालिका सभापति र वडा सभापतिलाई बैठकमा बोलाएको छ । 

 

पदाधिकारी र सदस्यसहित ३५, प्रदेश ‘क’ र ‘ख’ का सभापति २, पालिका सभापति ८ र वडा सभापति ६० जना बैठकमा सहभागिता हुनेछन् ।   जिल्ला कोभिड संकट व्यवस्थापन समितिले जिल्लामा २५ बढी भेला गरेर कुनै पनि सभा सम्मेलन तथा भेला जमघट गर्न नपाइने भन्दै २७ पुसमा सूचना जारी गरेको छ । 


कोरोना संक्रमणका बेला स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको नपाइए र २५ बढी भेला तथा सार्वजनिक कार्यक्रम गरी संक्रमण फैलाए कोभिड संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ३ को उपदफा ३ बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।  


कांग्रेस जुम्लाका सचिव अर्जुनसिंह कठायतले २÷३ चरणमा बैठक हुने बताए । उनले भने, ‘जिल्ला कार्यसमिति ३५ जनाको हो । यसमध्ये धेरैजसो जिल्ला बाहिर भएकाले २५ बढी सहभागी नगराई कोभिड स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बैठक सञ्चालन गर्नेछौँ ।’ यस्तै ४ माघको बैठकमा पनि ४/४ पालिका विभाजन गरी २ चरणमा बैठक गर्ने तयारी भएको उनले जानकारी दिए ।