close

सत्ता गठबन्धनको बैठक बस्दै 

सत्ता गठबन्धनको बैठक बस्दै 

Trulli
ADVERTISEMENT

काठमाडौं– सत्तारूढ गठबन्धन दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भएको भेटमा यस्तो समझदारी बनेको हो ।

 

राष्ट्रिय सभा निर्वाचनको रणनीति, संसद् खुलाउने विषय तथा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि गरेको तयारीलगायतका विषयमा छलफल गर्ने उद्देश्यले गठबन्धनको बैठक बस्न लागेको हो ।

 

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले दुई शीर्ष नेताबीच देशको समसामयिक विषयमा छलफल भएको जानकारी दिए । गठबन्धनको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको रणनीति, स्थानीय तहको निर्वाचन मिति घोषणालगायतका विषयमा छलफल हुने सम्भावना छ । अध्यक्ष दाहाललाई कोरोना सङ्क्रमण भएपछि दुई नेताबीच भेट भएको थिएन ।