close

तयारी नपुगेको भन्दै पाँच दलीय समन्वय समितिको बैठक स्थगित

तयारी नपुगेको भन्दै पाँच दलीय समन्वय समितिको बैठक स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं– स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आज बस्ने भनिएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने तय भएको थियो । तर तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको छ ।

 

यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसबारे थप गृहकार्य गरेर आज बैठक बस्ने भनिएको थियो ।