close

राष्ट्रियसभामा लुम्बिनीबाट एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित 

राष्ट्रियसभामा लुम्बिनीबाट एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित 

Trulli
ADVERTISEMENT

बुटवल– राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छन् । बुधबार भएको मतगणना अनुसार गैरेले प्रदेशसभाको ४५ र स्थानीय तहको प्रमुख र उपप्रमुख गरी १२३ जनप्रतिनिधिको मत पाइन् ।

 

उनकी प्रतिस्पर्धी नेकपा एमालेकी भारती खनाल उपाध्यायले प्रदेशसभाको ३६ र स्थानीय तहका ८८ जनप्रतिनिधिको मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनीमा अन्य र दलित सदस्य चयनका लागि पनि मतदान भएको थियो । जसको मतगणना चलिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।