close

कर्णाली : राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी

कर्णाली : राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी

Trulli
ADVERTISEMENT

कर्णाली– कर्णाली प्रदेशमा आज सम्पन्न भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी भएका छन् ।     सत्ता गठबन्धन दलको उम्मेदवारमा महिला क्लस्टरमा नेपाली कांग्रेसबाट दुर्गा गुरुङ (सुर्खेत), अपाङ्गता÷अल्पसङ्ख्यक क्लस्टरमा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र खसआर्य क्लस्टरमा एकीकृत समाजवादीका उदय बोहरा (सल्यान) विजयी हुनुभएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । 

 

प्रदेश निर्वाचन अधिकारी चालिसेका अनुसार विजयी उम्मेदवारमा महिला क्लस्टरतर्फ नेपाली कांग्रेसका गुरुङले दुई हजार ९७०, अपाङ्गता÷अल्पसङ्ख्यक क्लस्टरतर्फ माओवादी केन्द्रका विष्टले तीन हजार छ र खसआर्य क्लस्टरतर्फ एकीकृत समाजवादीका बोहराले तीन हजार छ मतभार प्राप्त गरेका छन्  । 


 
त्यस्तै प्रतिपक्षी दल नेकपा (एमाले) बाट महिला क्लस्टरतर्फ गङ्गा महत (जुम्ला) ले एक हजार ४१६, खसआर्य क्लस्टरतर्फ चूडामणि शर्मा (सुर्खेत) ले एक हजार ४१६ र अपाङ्गता÷अल्पसङ्ख्यक क्लस्टरतर्फ पदम माझी (दैलेख) ले एक हजार ३९८ मतभार प्राप्त गर्नुभएको उनले बताए । 

 

‘राष्ट्रियसभा सदस्यको आजको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कर्णाली प्रदेशसभा सदस्य सोशिला शाहीले भने मतदान गर्नुभएन’, प्रदेश निर्वाचन अधिकारी चालिसेले भने, ‘तिलागुफा नगरपालिका कालीकोटका उपप्रमुख भने करिब दुई वर्षदेखि नेपालबाहिर हुनुहुन्छ । त्यसैले कूल मतसङ्ख्या १९१ मध्ये १८९ खसेको थियो ।’ उनका अनुसार स्थानीयतर्फ महिला क्लस्टरमा दुई वटा र अपाङ्गतातर्फ एक मत बदर भएको छ ।