काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकले ३५ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको हो ।
केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य सम्पादन समिति गठन सम्बन्धमा गरेको प्रस्ताव सर्वसम्मत पारित भएको छ । कार्य सम्पादन समितिमा सभापति देउवासहित १३ जना पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी समेटिएका छन् । त्यस्तै, केही सिनियर केन्द्रीय सदस्य पनि कार्य सम्पादन समितिमा परेका छन् ।
कांग्रेस विधानले पदाधिकारी र प्रवक्ता कार्य सम्पादन समितिमा स्वतः रहने व्यवस्था गरको छ । पदाधिकारीमध्ये कोषाध्यक्ष र प्रवक्ताको मनोनयन हुन बाँकी छ । त्यसबाहेक कार्यसम्पादन समितिमा ३१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ ।
४६ मध्ये सभापति देउवाले ३५ जनालाई समेटेका छन् भने ११ जनालाई पछि मनोनयन गरिनेछ । बैठकमा सभापति देउवाले कोडिभका कारण भर्चुअल बैठक बस्नुपरेको बताए । महामन्त्री गगन थापाले कार्य सम्पादन समितिको नाम पढेर सुनाएका थिए । सभापति देउवाले छुटेकालाई पछि अटाउने आश्वासन दिएका छन् ।
यस्तो बन्यो कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति
शेरबहादुर देउवा : सभापति
रामचन्द्र पौडेल : वरिष्ठ नेता
पूर्णबहादुर खड्का : उपसभापति
धनराज गुरुङ ः उपसभापति
गगन थापा ः महामन्त्री
विश्वप्रकाश शर्मा : महामन्त्री
फरमुल्लाह मन्सुर : सहमहामन्त्री
भीष्मराज आङदम्बे : सहमहामन्त्री
उमाकान्त चौधरी :सहमहामन्त्री
महेन्द्र यादव : सहमहामन्त्री
महालक्ष्मी उपाध्याय डिना : सहमहामन्त्री
किशोरसिंह राठौर : सहमहामन्त्री
बद्री पाण्डे : सहमहामन्त्री
जीवन परियार : सहमहामन्त्री
गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, चित्रलेखा यादव, डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.प्रकाशशरण महत,सुनीलबहादुर थापा, डा.शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा.नारायण खड्का, जीपछिरिङ लामा, एनपी साउद, जीवनबहादुर शाही ।