close

स्थानीय तह निर्वाचन तयारी : गृहमन्त्री–अर्थमन्त्रीबीच स्रोत जुटाउन छलफल

स्थानीय तह निर्वाचन तयारी : गृहमन्त्री–अर्थमन्त्रीबीच स्रोत जुटाउन छलफल

Trulli
ADVERTISEMENT

काठमाडौं–गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच स्थानीय तहको निर्वाचनमा स्रोत जुटाउनेबारे छलफल भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा निर्वाचन लक्षित बजेटबारे छलफल भएको बैठकमा सहभागी गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालले बताए । 

 

नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि अत्यावश्यक सवारीसाधन एवं बन्दोबस्तीका सामानको व्यवस्थापनका लागि आवश्यक बजेटबारे छलफल भएको हो । सहसचिव डा. भुसालका अनुसार गृह मन्त्रालयले बिहीबारसम्म चालूतर्फको बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउने तयारी गरेको छ । 

 

छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला र योजना महाशाखा प्रमुख डा. भुसाल सहभागी थिए । 


छलफलमा अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई चाप परेको बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिन सवारीसाधन र बन्दोबस्तीका सामान मागेपछि दुई मन्त्रीबीच छलफल भएको हो ।