close

स्थानीय निर्वाचनको तयारीमा जुट्यो कांग्रेस

स्थानीय निर्वाचनको तयारीमा जुट्यो कांग्रेस

Trulli
ADVERTISEMENT

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले आउँदो ३० वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी सुरु गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले बिहीबार बस्ने कार्यसम्पादन बैठकमा छलफल गरी स्थानीय निर्वाचनको तयारी थाल्ने निर्णय गरेको हो । 

 

कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्था र १६ जिल्लाको अधिवेशनबारे पनि छलफल हुनेछ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कार्यसम्पादन समिति बैठकका एजेन्डाबारे पदाधिकारीबीचको छलफलबारे समीक्षा भएको बताए । ‘पदाधिकारी बैठकमा भएको छलफलबारे पार्टी सभापति देउवालाई ब्रिफिङ ग¥यौँ । उहाँका कुरा पनि सुन्यौँ । भ्रातृ एवं शुभेच्छुक संस्था, १६ जिल्लाको अधिवेशन र स्थानीय निर्वाचन तयारीबारे कार्यसम्पादनमा छलफल गरेरै निष्कर्षमा पुग्ने निर्णय गरेका छौँ’, महतले भने ।


निर्वाचनको मिति तय भइसकेको अवस्थामा समसामयिक विषय र स्थानीय निर्वाचन तयारीबारे कार्यसम्पादनमा पर्याप्त छलफल हुने महतले जानकारी दिए । कांग्रेसले म्याद सकिएका र विधानतः पदाधिकारी रिक्त भएका भ्रातृ संस्थाबारे कार्यसम्पादन समितिमा हुने छलफलका आधारमै निर्णय लिने तयारी गरेको महतले बताए ।

 

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायतका भ्रातृ संस्थाको म्याद सकिएको छ भने विधानतः अध्यक्ष पद रिक्त भएको अवस्था छ ।