close

पार्टीले उठ् भने पुनः उम्मेदवारी दिन्छु : महानगर प्रमुख शाक्य

पार्टीले उठ् भने पुनः उम्मेदवारी दिन्छु : महानगर प्रमुख शाक्य

Trulli
ADVERTISEMENT

काठमाडौं–काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले पार्टीले पुनः जिम्मेवारी आउँदो निर्वाचनमा उम्मेदवार हुने बताएका छन् । काठमाडौं महानगर वडा नम्बर २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा शाक्यले पुनः दोहोरिने बताएका हुन् ।

 

उनले एमालेले जिम्मेवारी दिए र महानगरबासीको सहयोग रहे स्वतः आफ्नो दाबेदारी रहने सुनाए । आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदा शिलान्यास गरिएकाले निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने उनले जानकारी दिए । ‘आगामी निर्वाचनका लागि अहिले नै उम्मेदवारी दिन्छु त भन्दिनँ । एमाले पार्टीको कार्यकर्ता भएकाले आवश्यक्ताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो’, उनले भने, ‘अर्को महानगरबासीको चाहना के छ ? पार्टीले बुझेर जिम्मा दिए काम गर्ने हो, नभए जसलाई जिम्मा दिए पनि काठमाडौं महानगरमा जित निकाल्छौँ ।’

 

विकास निर्माण निरन्तर चल्ने प्रक्रिया भएकाले कहिले पनि सकियो भन्ने नहुने उनको भनाइ छ । ‘एउटा सकिन्छ, अर्को काम सुरु हुन्छ । यो निरन्तर चलिरहन्छ । हाम्रो कार्यकालमा धेरै शिलान्यास गरिसकेका छौँ । शिलान्यास धेरै भयो, उद्घाटन कहिले हुन्छ भन्ने कुरा आउँछ,’ उनले भने ।

 

शाक्यले महानगरका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवद्र्धन र पर्यटनसँग जोड्ने काम गरेको दाबी गरे । उनले महानगरको नीति अनुसार आगामी दिनमा पनि सांस्कृतिक सम्पदा संरक्षण गर्दै जाने धारणा व्यक्त गरे । ‘काठमाडौं महानगर ऐतिहासिक, सांस्कृतिक सहर हो । जता हेर्दा पनि मन्दिर नै मन्दिर छन् । पाटी–पौवा प्रशस्त छन् । त्यो बेला जसले बनाए पनि अहिले हाम्रा लागि सम्पदा बनेका छन्’, उनले भने, ‘सम्पदालाई संरक्षण गर्नु, प्रवद्र्धन र पर्यटनसँग जोड्नु महानगरको नीति रहेको छ ।’


काठमाडौंका जति पनि सम्पदा, मठमन्दिर छन्, तिनले आ–आप्mनो महत्त्व बोकेकाले सबै पुनर्निर्माण गरिदिने बताए । रानीपोखरीको केही काम बाँकी रहेकाले सम्पन्न हुनासाथ सर्वसाधारणका लागि खुला गरिने उनले जानकारी दिए ।