close

स्थानीय तहको चुनावमा उम्मेदवार बन्न व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गर्नुपर्ने 

Trulli
ADVERTISEMENT

काठमाडौं– आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले तय गरेको आचारसंहिताको मस्यौदामा यस्तो प्रावधान राखिएको हो । आयोगका अनुसार उम्मेदवारी दर्ता गर्दा सम्बन्धित व्यक्तिले व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गरेको पत्र पनि साथै पेश गर्नुपर्ने हुन्छ ।

स्थानीय तहलाई पारदर्शी र सुशासनमैत्री बनाउने प्रयासका लागि यस्तो प्रावधान राख्न लागिएको आयोगका अधिकारीहरु बताउँछन् । र कुनै उम्मेदवारले यो प्रावधानअनुसार स्वघोषणा नगरे उम्मेदवारी खारेजसम्म हुन सक्छ ।

‘मेरो बेरुजु छ भनेर तिर्न सक्छ वा वेरुजु पुष्टि भए गाह्रो हुन्छ भनेर उम्मेदवार नै नबन्न सक्छ । हामीले स्थानीय तहमा खोजेको जनप्रतिनिधि पारदर्शी होस्, छलछाम नगरोस् भन्ने हो । त्यस कारण यस्तो प्रावधान राख्ने कन्सेप्ट आयो’ आयोगका एक सदस्यले भने, ‘यो धेरै चरणमा छलफल भएर धेरैको सुझावका आधारमा राख्न खोजिएको हो ।’