close

एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

 

आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुन (अनन्त) ले जानकारी दिए ।

 

प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।