close

एमसिसीबारे धारणा सार्वजनिक गर्दै एमाले 

एमसिसीबारे धारणा सार्वजनिक गर्दै एमाले 

Trulli
ADVERTISEMENT

काठमाडौं–प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट पारित भइसकेपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै छ । पार्टीको धारणा सार्वजनिक गर्न अहिले काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

 

यसअघि भक्तपुरको गठ्ठाघरमा गर्ने भनिएको पत्रकार सम्मेलनको स्थान परिवर्तन गरिएको एमालेले जनाएको छ । कार्यक्रममा अध्यक्ष केपी ओलीले एमसिसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

 

गत ८ फागुनमा प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित १५ फागुनको बैठकबाट अनुमोदन भएको थियो । यसअघि ओली नेतृत्वको सरकारको पालामा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले एमसिसी सम्झौता अनुमोदनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए । एमसिसी सम्झौता अनुमोदन प्रक्रियामा एमालेले भाग लिएको थिएन ।