close

कैलाली कांग्रेस सभापतिमा भट्ट

कैलाली कांग्रेस सभापतिमा भट्ट

Trulli
ADVERTISEMENT

कैलाली–नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायणदत्त भट्ट निर्वाचित भएका छन् । बिहीबार भएको दोस्रो चरणको मतदानमा प्रतिस्पर्धी प्रकाश बमलाई पराजित गर्दै भट्ट सभापतिमा चुनिएका हुन् ।

 

बिहीबार साँझ सार्वजनिक मत परिणामअनुसार सभापति भट्टले १ हजार ३ सय ५९ मत पाए भने बमले १ हजार ५६ मत ल्याए । यसअघि भएको पहिलो चरणको मत परिणाममा बमले भट्टभन्दा बढी मत ल्याएका थिए ।


पहिलो चरणको मतदानमा बमले १ हजार १ सय ६९ र भट्टले १ हजार ७२ र अर्का उम्मेदवार रामबहादुर कलेलले १ सय ९७ मत ल्याएका थिए । कैलाली कांग्रेसका पूर्वउपसभापति रहेका भट्ट सभापति शेरबहादुर देउवा निकटका हुन् ।