close

एमाले रोल्पा अध्यक्षमा बुढा

एमाले रोल्पा अध्यक्षमा बुढा

Trulli
ADVERTISEMENT

दाङ– नेकपा एमाले रोल्पाको अध्यक्षमा बालाराम बुढा निर्वाचित भएका छन् । रोल्पाको त्रिवेणी गाउँपालिकाको नुवागाउँमा शनिबार सम्पन्न जिल्ला अधिवेशनले पुनः बालाराम बुढाको अध्यक्षतामा ९१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । 

 


कमिटीको उपाध्यक्षमा विजय घर्ती, सचिवमा अमृत बुढा, उपसचिवमा दीपक विष्ट र ठाकुरप्रसाद वली चयन भएका छन् । केन्द्रीय कमिटीको निर्णयअनुसार गत २३ पुसमा अधिवेशन गर्ने तयारी थियो । तर, पार्टीका तत्कालीन जिल्ला सचिव निमप्रसाद रोकाको हृदयघातका कारण निधन भएपछि अधिवेशन स्थगित भएको थियो ।