close

महोत्तरी कांग्रेस सभापतिमा यादव

महोत्तरी कांग्रेस सभापतिमा यादव

Trulli
ADVERTISEMENT

महोत्तरी–नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापतिमा नागेश्वर यादव निर्वाचित भएका छन् । शनिबार घोषित मत परिणामानुसार उनलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाएका थिए ।  विजयी यादवले कुल खसेको २ हजार १३९ मतमध्ये १ हजार ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । दोस्रो मत पाउने सुशीलकुमारले ७७९ र अर्का उम्मेदवार बजरंग नेपालीले ३०६ मत प्राप्त गरे ।

 

 

कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच पुनः प्रतिस्पर्धा गराउनुपर्ने भए पनि दोस्रो मत प्राप्त गर्नेको सहमतिमा पहिलो मत प्राप्त गर्नेलाई विजयी घोषणा गरिएको निर्वाचन समितिका निर्वाचन अधिकृत इन्द्र अधिकारीले बताए ।

 


कांग्रेसको १४औँ महाधिवेशनका क्रममा यसअघि विभिन्न कारणले अवरुद्ध हुँदै आएको जिल्ला अधिवेशनको मतदान शुक्रबार भएको हो । मतदानमा ९४ प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।