close

सप्तरीका १८ स्थानीय तहमा को-को छन् आकांक्षी ?

सप्तरीका १८ स्थानीय तहमा को-को छन् आकांक्षी ?

Trulli
ADVERTISEMENT

स्थानीय तहको निर्वाचन नजिकिएसँगै सप्तरीमा  माओवादी केन्द्रको चुनावी चहलपहल शुरु भएको छ । भावी नेतृत्वका लागि दावी गर्दै आआफ्ना कार्यक्रमहरु तथा जनपरिचालकको काममा नेताहरु लागिसकेको छन् । सप्तरीमा १८ स्थानीय तह र १६३ वटा वडा रहेका छन् । 

 

सप्तरीको महादेवा गाउँपालिकामा अध्यक्षमा दिपेन्द्र माझी, देवराम यादव ,मनोज यादव, कृष्णदेव मण्डल, वेजु कामैत, फरेवी सदा आकाँक्षी छन् भने अनिता कुमारी मण्डल, अनिता कुमारी यादव, परमिला यादव, बुच्चि देवी सरदारको नाम उपाध्यक्षमा चर्चा छ ।

 

सप्तरीको बोदेवर्साइन नगरपालिकामा प्रमुखमा डा. सुर्य प्रसाद यादव, इन्जिनियर बैजनाथ प्रसाद यादव, दिलिप कुमार यादव, देव नारायण प्रमाणी, किरण कुमार यादवको नाम चर्चा छ । त्यसैगरी उप प्रमुखमा सुनिता कुमारी साहसँग प्रतिस्पर्धी देखिएका छ्रनन् । 

 

सप्तकोशी नगरपालिकाबाट प्रमुखमा रविन्द्र चौधरी, शम्भु खडका, ध्रुव कार्की, संतोष खतिवडा, कञ्चनरुप नगरपालिकामा बंशी चौधरी, सत्य नारायण चौधरी, अग्नीसायर कृष्ण सवरण गाउँपालिकामा अध्यक्षमा बेचन चौधरी, असर्फी सदा र उपाध्यक्षमा रमिता सदा देखिएका छन् । 

 

त्यसैगरी रुपनी गाउँपालिकामा अध्यक्षमा अरुण साह, भगवती यादव चर्चामा छन् । उता राजविराज नगरपालिकाको प्रमुखमा रामगमन साह, डा. देवनाथ यादव, केदार देव, भन्ना लाल यादव, मो. गणी,मधुसुदन यादव, जय प्रकाश यादव र उपप्रमुखमा प्रतिमा यादव आकांक्षी छन् । तिरहुत गाउँपालिकामा अध्यक्षमा गोपाल प्रसाद गुप्ता, विशेश्वर यादव, उपाध्यक्षमा लालमैन देवी सरदार आकाँक्षी छन् । 

 

त्यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाबाट प्रमुखमा राहुल मण्डल, बशन्त मण्डल, तिलाठी कोइलाडी गाउँपालिकाबाट संजय सिंह,अभिनास सिंह, मुनि लाल मुखिया र उपाध्यक्षमा अनिता मुखिया, मालती देवी मुखिया, अनार देवी खंग, छिन्नमस्ता गाउँपालिकाबाट अध्यक्षमा जय प्रकाश यादव, विनोद यादव, शम्भु खंग, विष्णुपुर गापावाट अध्यक्षमा राम कुमार राय, बलराम यादव, राजगढवाट मो. इब्राहिम मियाँ, बिशेश्वर यादव आकांक्षी देखिएका छन् । 

 

डाकनेश्वरी नगरपालिकाबाट प्रमुखमा कर्म लाल यादव, भुलाइ राम, शम्भुनाथ गरपालिकाबाट प्रमुखमा गणपति साह, दाना लाल चौधरी, भैगरथ साह, खडक नगरपालिकाबाट प्रमुखमा जय प्रकाश चौधरी, उचित लाल चौधरी, सुरुगां नगरपालिकाबाट प्रमुखमा हरि नारायण चौधरी, चतुर चौधरी, यम बहादुर खपाङ्गी मगर, लक्ष्मी चौधरी प्रमुखका आकाँक्षी छन् भने सर्मिला चौधरी, लक्ष्मी चौधरीको नाम उप–प्रमुखमा चर्चामा छन् । 

 

वलान विहुल गाउँपालिकाबाट अध्यक्ष्मा महेन्द्र यादव, पशुपति यादव आकाँक्षी रहेका छन् । 

 

आयोगले बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने र १६ गते अन्तिम नामावली प्रकाशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।