close

स्थानीय तहको निर्वाचनमा डेढ लाख बढीको उम्मेद्वारी

एमालेबाट ३३ हजार उम्मेद्वार

स्थानीय तहको निर्वाचनमा डेढ लाख बढीको उम्मेद्वारी

एमालेबाट ३३ हजार उम्मेद्वार

Trulli
ADVERTISEMENT

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबै दल तथा स्वतन्त्र गरि १ लाख ५१ हजार ७ सय ५६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । देशैभरका ७ सय ५३ स्थानीय तहका लागि यति संख्यामा उम्मेद्वारी परेको हो । आसन्न स्थानीय तहको निर्वाचनका लागि सबैभन्दा बढी नेकपा एमालेले उम्मेद्वारी दिएको छ ।

निर्वाचन आयोगका अनुसार नगरपालिकाका प्रमुख-उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष गरी सबै पदमा अहिलेसम्म नेकपा एमालेबाट ३३ हजार २ सय ५७ जनाको उम्मेद्वारी परेको छ । एमालेबाट प्रमुख पदमा २ सय ६३ पुरुष र २७ महिलाको उम्मेद्वारी परेको छ । त्यस्तै अध्यक्षमा ४ सय १८ पुरुष र २८ महिलाको उम्मेद्वारी परेको छ । त्यस्तै उप्रमुखका २६ पुरुष र २ सय ५९ महिलाको उम्मेद्वारी परेको छ भने उपाध्यक्षमा ३५ पुरुष र ४ सय १० जना महिलाको उम्मेद्वारी परेको छ । त्यस्तै वडाध्यक्षमा एमालेबाट ६ हजार ३ सय ७६ जना पुरुष र १ सय १९ महिलाले उम्मेद्वारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसबाट २ सय ५३ जना पुरुष र ११ जना महिलाले प्रमुख पदमा उम्मेद्वारी दिएका छन् । त्यस्तै ३ सय ६३ जना पुरुष र १९ जना महिलाले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । त्यस्तै कांग्रेसबाट उपप्रमुख पदमा ३१ जना पुरुष र १ सय ८० महिलाले उम्मेद्वारी दिँदा उपाध्यक्षमा ६७ पुरुष र २ सय ९२ महिलाको उम्मेद्वारी परेको छ । त्यस्तै वडाध्यक्षमा कांग्रेसबाट ६ हजार ३६ जना पुरुष र ८० जना महिलाको उम्मेद्वारी दिएका छन् । कांग्रेसबाट सबै पदमा गरी ३१ हजार २ सय २० जनाको उम्मेद्वारी परेको छ ।

नेकपा माओवादी केन्द्रबाट १ सय ५६ जना पुरुष र १८ जना महिलाले प्रमुख पदमा उमेदवारी दिएका छन् । त्यस्तै अध्यक्ष पदमा माओवादीबाट २ सय ६१ पुरुष र २९ महिलाले उम्मेद्वारी दिएका छन् । त्यसैगरी उपप्रमुख पदमा ८४ पुरुष र १ सय २८ जना महिलाको उम्मेद्वारी पर्दा उपाध्यक्षमा १ सय १२ पुरुष र २ सय ३ महिलाको उम्मेद्वारी परेको छ । त्यसैगरी वडाध्यक्षमा माओवादीबाट ४ हजार ३ सय २१ पुरुष र ९१ महिलाले उम्मेद्वारी दिएका छन् । माओवादीबाट सबै पदमा २२ हजार ६८ जनाको उम्मेद्वारी परेको छ ।