close

गठबन्धनका नाममा महिलाको संवैधानिक हक खोसिँदै

पार्टीले कारबाही गरे पनि उम्मेदवारी फिर्ता नहुने

गठबन्धनका नाममा महिलाको संवैधानिक हक खोसिँदै

पार्टीले कारबाही गरे पनि उम्मेदवारी फिर्ता नहुने

Trulli
ADVERTISEMENT

बागलुङ । सत्तारुढ गठबन्धनमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रले घात गरेको निष्कर्षमा पुगेको नेकपा एकीकृत समाजवादी विभिन्न पालिकामा गठबन्धनबाट बाहिरिने क्रम बढ्दो छ । यही क्रममा एकीकृत समाजवादी बागलुङको गलकोट नगरपालिकामा समेत चुनावी गठबन्धनबाट बाहिरिएको छ ।

 

गलकोट नगरपालिकामा अब ३ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा बिच चुनावी तालमेल भएको छ भने नेकपा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ । गठबन्धनको नाममा ठुला दलले महिलाका लागि संविधानमा व्यवस्था भएको अधिकारलाई समेत बेवास्ता गर्न थालेका छन् । गलकोटमा पनि महिलालाई उम्मेदवार हुनबाट गठबन्धनले वञ्चित गरेपछि सो नगरपालिकाको नगर प्रमुखमा मञ्जु शर्मा चालिसेले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

 

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) मा नगरपालिका, गाउँपालिका तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला सहित उम्मेदवारी दिनुपर्ने व्यवस्था छ। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका कारण महिला उम्मेदवारको सहभागिता अत्यन्तै न्यून छ ।

 

तथ्याङ्क र अध्ययनहरूमा आम नागरिकमा राजनीतिप्रति चासो बढेको, सामाजिक न्याय र सामाजिक सुरक्षा बढेको, महिला अधिकारहरू कार्यान्वयनमा रहेको, राजनीतिक सोचको विकास भएको, महिला अधिकारको पक्षमा महिला मात्रै नभई पुरुषहरू पनि सक्रिय रहेको लगायतका कुराहरू उल्लेख गरिन्छन् । तर यथार्थ फरक छ ।

 

चालिसेले आफ्नो उम्मेदवारी वैशाख १६ गते मनोनयन फिर्ता लिने समयसम्मका लागि नभएको तथा यो उम्मेदवारी गलकोट नगरपालिकामा महिला नेतृत्वको सहभागिता सहित संविधानको रक्षा, महिला हक, अधिकारको निमित्त भएको स्पष्ट पारेकी छन् । नेपाली काँग्रेसमा लामो समयदेखि सक्रिय नेतृ चालिसेले पार्टीको दबाब, प्रभाव र प्रलोभनमा परि उम्मेदवारी फिर्ता नगर्ने बताइन् । उनले पार्टीले बाहिर बाहिरै एक खाले भ्रम छर्दै उम्मेदवारी फिर्ता हुने चर्चा चलाएको विषयमा समेत उनको आपत्ति छ । साथै उनी पार्६ले गर्ने कारबाही भोग्न आफू तयार रहेको समेत बताइन् ।

 

नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा उम्मेदवार छनोट गर्दा स्वेच्छाचारी र तानासाह प्रवृत्तिबाट निर्णय गरेको बताउँदै आफू गलकोटवासीको चाहना अनुसार नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएको दाबी समेत गरिन् । शर्माले नेतृत्वले अवसर नदिएकाले महिलाहरूमा क्षमता भएर पनि असक्षम बनाउने काम गरेको तथा आफूले विगत २५ वर्षदेखि स्वास्थ्य, महिला अधिकार र समाजसेवाको क्षेत्रमा क्रममा गरेका योगदानको समेत कदर नभएको गुनासो पोखिन् ।

 

गलकोट नगरपालिका वडा नम्बर १, २ र ४ मा उनको सचिवालय स्थापना भएको र अन्य वडामा छिट्टै सचिवालय स्थापना गरी आम नागरिकसँग प्रत्यक्ष अन्तर्क्रिया गरेर आवश्यकता अनुरूप घोषणा पत्र सार्वजनिक गर्ने बताइन ।