close

पाँच दलभन्दा बाहिर भएका तालमेल खारेज नगरे कारबाही

पाँच दलभन्दा बाहिर भएका तालमेल खारेज नगरे कारबाही

Trulli
ADVERTISEMENT

काठमाडौं ।  गठबन्धनको बैठकले  पाँच दलबाहिर गएर गरिएको तालमेल तत्काल खारेज गर्न निर्देशन दिएको छ । 

 

शुक्रबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि ६ महानगर ११ उपमहानगरमा केन्द्रले नै उम्मेद्वार टुंग्याएको थियो । 

 

उता भरतपुर महानगरपालिकामा गठबन्धनविरुद्ध बागी उम्मेद्वारी दिएका जगन्नाथ पौडेल उम्मेद्वारी फिर्ता नलिने बताउँदै आएका छन् । 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई गठबन्धनले उम्मेद्वारी बनाएपछि नेपाली कांग्रेसको तर्फबाट पौडेलले बागी उम्मेद्वारी दिएका थिए । 

 

पौडेलको उम्मेद्वारी फिर्ताका लागि गृहमन्त्री बालकृष्ण खाँण भरतपुर महानगर पुगी पौडेललाई उम्मेद्वारी फिर्ता लिन सुझाव दिएका थिए । 
 

 

यस्तो छ, गठबन्धनको निर्णय :


१. पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेद्वारीहरूको उम्मेद्वार तत्काल फिर्ता लिने, 

 

२. पाँच दलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिले स्वतन्त्र रूपमा दर्ता गरेका वउम्मेद्वारी तत्काल फिर्ता गर्न पहल गर्ने, 

 

३ पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने, 
गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने ।