close

विप्लव नेतृत्व पार्टीबाट निष्कासित नेताकाे छुट्टै भेला

विप्लव नेतृत्व पार्टीबाट निष्कासित नेताकाे छुट्टै भेला

Trulli
ADVERTISEMENT

काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित सचिवालय सदस्यले फरक भेला सुरु गरेका छन् । 

 

पार्टीको निर्णयविपरीत काम गरेको भन्दै पार्टीले हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोला (कञ्चन)लाई निष्कासन गरेपछि उनीहरूले आफ्नो पक्षमा जनमत जुटाउन फरक भेला सुरु गरेका हुन् ।

 

भेलामा उल्लेख्य संख्यामा केन्द्रीय पार्टीका नेताको उपस्थिति हुने बताइएको छ । 

 

यसअघि विप्लव नेतृत्वकाे पार्टीले चुनावमा भाग लिने निर्णय गरेको थियो । तर, बाँस्तोलालगायत अन्य नेता चुनावमा भाग लिँदा स‌ंसदीय अभ्यास स्वीकारेको ठहर हुने भन्दै त्यसको विपक्षमा उभिँदै आएका थिए ।