close

डर, धाकधम्कीको भरमा उम्मेद्वारी फिर्ता नगर्न आयोगको आग्रह

डर, धाकधम्कीको भरमा उम्मेद्वारी फिर्ता नगर्न आयोगको आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरूलाई डर, धाकधम्कीका आधारमा मनोनयन फिर्ता नगर्न/नगराउन आग्रह गरेको छ ।

 

स्थानीय तह निर्वाचनका लागि दिएको उम्मेद्वारी फिर्ता गर्ने अन्तिम दिन (शुक्रबार) आयोगले एक विज्ञप्ति जारी गर्दैै यस्तो आग्रह गरेको हो । 

 

‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेद्वारीमा उम्मेद्वारी मनोनयन गराउनुभएका कतिपय उम्मेद्वारहरूलाई मनोनयन फिर्ता गराउन डर, काक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिले संविधान र प्रचलित कानुनबमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेद्वारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवं कानुनी अधिकार कुण्ठित हुन जाने भएकाले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भए पनि संविधान, कानुन र लोकतन्त्रमाथि आघात पुर्‍याउने भएकाले यस्ता हर्कत नगर्न आयोग सरकारवालहरूप्रति आग्रह गर्छ ।’ 

 

धाकमम्कीको भरमा भन्दा पनि आफूलाई इच्छा लागेमात्रै लिखित दिए मात्रै उम्मेद्वारी फिर्ता हुने आयोगले बताएको छ ।