close

सत्तारुढ गठबन्धन २२ गते भरतपुरमा शक्ति प्रदर्शन गर्दै

हेवीवेट नेताहरुले सम्बवधन गर्ने

सत्तारुढ गठबन्धन २२ गते भरतपुरमा शक्ति प्रदर्शन गर्दै

हेवीवेट नेताहरुले सम्बवधन गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा संयुक्त आमसभा गर्ने भएका छन् । जसलाई सत्तारुढ दलको शक्ति प्रदर्शनका रुपमा लिइएको छ ।

 

स्थानीय तह निर्वाचनलाई लक्षित गरी यही वैशाख २२ गते गठबन्धनले भरतपुर महानगरमा संयुक्त आमसभा गर्न लागेको हो । 

 

संयुक्त सभालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका नेता उपेन्द्र यादवले सम्बोधन गर्नेछन् । 

 

यस्तै, सो सभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, जसपा र राष्ट्रिय जनर्मोर्चाका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

 

चर्चाको रुपमा रहेकाे भरतपुर महानगरमा नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी / स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको उम्मेद्वारी  फिर्ताका लागि प्रधानमन्त्री प्रधानमन्त्री देउवा, माओवादी अध्यक्षलगायतले दबाब दिएका थिए । तर, पौडेलले आफ्नो उम्मेद्वारी फिर्ता लिएनन् । 

 

६ महानगरमध्ये भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रको भागमा परेको छ । र, महानगर प्रमुख पदमा माओवादी केन्द्रकी छोरी रेणु दाहाल उम्मेद्वार उठेकी छन् ।