close

त्रियुगा नगरपालिका काँग्रेसका उम्मेद्वार बस्नेतको उम्मेद्वारी खारेज गर्न माग गर्दै उजुरी दर्ता

त्रियुगा नगरपालिका काँग्रेसका उम्मेद्वार बस्नेतको उम्मेद्वारी खारेज गर्न माग गर्दै उजुरी दर्ता

Trulli
ADVERTISEMENT

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको नगरप्रमुखको उम्मेद्वारी खारेजी गर्न माग गर्दै उजुरी दर्ता भएको छ । 

 

नेपाली काग्रेसबाट नगरपालिका प्रमुखको पदमा उम्मेद्वारी दिएका बसन्तकुमार बस्नेतले सरकारी बक्यौदा तिर्न बाँकी रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी एमाले त्रियुगा नगरपालिकाका नगर प्रमुखका उम्मेदवार भागवत राउतलले निर्वाचन आयोगको कार्यालयमा उजुरी दर्ता गराएका हुन् । 


राउतले निर्माण व्यवासायीसमेत रहेका बस्नेतले एपेक्स इन्द्रेणी जेभीको नामबाट कारोबार गर्दा आन्तरिक राजस्व कार्यालय लहान सिराहमा मूल्य अभिवृद्धि कर भ्याट बक्यौता रहेकाले बस्नेतको उम्मेद्वारी खारेजी हुनुपर्ने माग गरेका छन् । 

 

मुख्य निर्वाचन अधिकृत कार्यालयले प्रोपाइटर बस्नेतले आन्तरिक राजस्व कार्यालय लहानमा कर चुक्ता गर्न बाँकी रहेको भन्दै निजको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको जानकारी दिए ।