close

३ सय ५३ जना निर्विरोध निर्वाचित (सूचीसहित)

सबैभन्दा धेरै एमालेका

३ सय ५३ जना निर्विरोध निर्वाचित (सूचीसहित)

सबैभन्दा धेरै एमालेका

Trulli
ADVERTISEMENT

काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका मध्ये अहिलेसम्म ३ सय ५३ जना निर्विरोध निर्वाचित भएको जानकारी दिएको छ ।

 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ४ सय १२ जना निर्विरोध भएका थिए । यस पटक पनि यो संख्या केही बढ्न सक्ने आयोगको अनुमान छ । 

 

यही वैशाख ३० गते हुने निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित गठबन्धन दलहरू चुनावी मैदानमा होमिएका छन् । गठबन्धन बाहिर रहेका केही दल र स्वतन्त्र रूपमा समेत उम्मेदवारी परेका छन् । 

 

आयोगका अनुसार अहिलेसम्म निर्विरोध हुनेमा सत्ता गठबन्धनबाट नै धेरै छन् । गठबन्धनबाट अहिलेसम्म १ सय ९० जना निर्विरोध निर्वाचित भइसकेका छन् । जसमा विभिन्न ९ दलसहित स्वतन्त्र उम्मेदवार समेत छन् ।

 

गठबन्धनमा रहेको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले १ सय १ पदमा जितिसकेको छ भने नेकपा माओवादी केन्द्रले ५४, नेकपा एकीकृत समाजवादीले ३४ र जसपाले १ पदमा निर्विरोध जित हात पारेको छ ।

 

यस्तै नेकपा एमाले १ सय २३ पदमा निर्विरोध भएको छ । आसन्न स्थानीय निर्वाचनका लागि गत वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता भएको थियो भने वैशाख १६ गते उम्मेदवारी फिर्ता लिने समय दिइएको थियो ।

 

स्थानीय तह निर्वाचनमा यस पटक ३५ हजार २ सय २१ पदमा चुनाव हुँदै छ । जसमध्ये १ सय ७० दलित सदस्य पदमा उम्मेदवारी नै नपरेको आयोगले जनाएको छ । गत स्थानीय निर्वाचनमा १ सय ७६ दलित सदस्य पदमा उम्मेदवारी परेको थिएन ।

 

कुन कुन पदमा निर्विरोध ?

 

नेकपा एमाले

अध्यक्ष–१, उपाध्यक्ष–२, वडाध्यक्ष–१४, वडा सदस्य–२६, महिला सदस्य–२३ र दलित महिला सदस्य–५७ ।

 

नेपाली काँग्रेस

उपाध्यक्ष–१, वडाध्यक्ष–१४, वडा सदस्य–३१, महिला सदस्य–१५ र दलित महिला सदस्य–४० ।

 

नेकपा माओवादी केन्द्र

वडाध्यक्ष–३, वडा सदस्य–५, महिला सदस्य–७ र दलित महिला सदस्य–३९ ।

 

नेकपा एकीकृत समाजवादी

अध्यक्ष–२, उपाध्यक्ष–१, वडाध्यक्ष–५, वडा सदस्य–१२, महिला सदस्य–७ र दलित महिला सदस्य–६ ।

 

राप्रपा

वडा सदस्य–२ ।

 

स्वतन्त्र

वडाध्यक्ष–६, वडा सदस्य–१६, महिला सदस्य–८ र दलित महिला सदस्य–४ ।

 

राष्ट्रिय जनमुक्ति पार्टी

महिला सदस्य–१ ।

 

लोसपा

दलित महिला सदस्य–१ ।

 

जसपा

दलित महिला सदस्य–१ ।

 

नेपाल मजदुर किसान पार्टी

दलित महिला सदस्य–२ ।